१९ भदौ २०८३, शुक्रबार

सहारा सहकारीले लोपोन्मुख र अति पिछडिएका सदस्यका छोराछोरीलाई डाक्टर पढाउने

२०७८ कात्तिक ७, आईतवार
सहारा सहकारीले लोपोन्मुख र अति पिछडिएका सदस्यका छोराछोरीलाई डाक्टर पढाउने

झापा : सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र भित्र बसोबास गर्ने लोपोन्मुख र अति पिछडिएका सदस्यका छोराछोरीलाई डाक्टर पढाउने भएको छ ।

संस्थाले आगामी वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित गर्ने जनाएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाको कात्तिक २७ गते हुन लागेको साधारणसभाबाट सो प्रस्ताव पारित गरिने जानकारी दिनुभयो ।

संस्थाले कार्यक्षेत्र झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर र इलामका साथै थप तीन जिल्लामा कार्यक्षेत्र विस्तार गरी उक्त कार्यक्रम संचालन गर्ने भएको हो । संस्थाको कार्यक्षेत्रमा रहेका मुसहर, सन्थाल, लेप्चा, किसान, गन्धर्व लगायत लोपोन्मुख जातिहरुको बसोबास रहेकोले उक्त कार्यक्रम संचालन गर्न लागिएको जनाइएको छ ।

ती समुदायका अभिभावकहरु संस्थाको सदस्य बनेको अवस्थामा तथा उनका सन्तानले एमबीबीएस पढ्न चाहिने योग्यता पूरा गरेमा यस्तो अवसर प्रदान गर्न साधारणसभामा प्रस्ताव लैजाने र उनीहरुलाई एमबीबीएससम्म अध्ययनको लागि छात्रवृद्धि प्रदान गर्ने योजना बनाइएको प्रमुख गिरीले बताउनुभयो ।

अभिलेख

लोकप्रिय