सहकारी विभागको रजिष्ट्रारमा झलकराम अधिकारी
२०७८ कात्तिक ४, बिहिबार
काठमाडौं : संघीय सरकार सहकारी विभागको रजिष्ट्रारमा झलकराम अधिकारी सरुवा भएको छ । यस अगाडि सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिव भएर काम गर्नुभएका अधिकारी सहकारी विभागमा सरुवा भएको हो ।
अधिकारीले आगामी सोमबार पदवहाली गर्ने कार्यक्रम छ । कुशल प्रशासकको छवि बनाएका अधिकारीले सहसचिव भएपछि सार्वजनिक वित्त व्यवस्थापन तथा तालिम केन्द्र ललितपुर प्रमुख, ठूला करदाता कार्यालयको कर प्रशासक, आन्तरिक राजश्व विभागको उपमहानिर्देशक र आन्तरिक राजश्व कार्यालय काठमाडौंको प्रमुख भएर काम गरिसक्नुभएको छ ।
ठुला करदाता कार्यालयका प्रमुख हुँदा कर तिर्न नपर्ने भन्दै सर्वोच्च अदालत पुगेको एनसेललाई १५ दिन भित्र कर नबुझाए कारवाही गर्ने चेतावनी पछि चार अर्व ५० करोड कर बुझाएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार