सामुदायिक साकोसद्वारा दशैं खसी मेलाको शुभारम्भ
काभ्रे : सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले बनेपा इलाका प्रहरी चौकी अगाडी दशैं खसी मेलाको शुभारम्भ गरेको छ । संस्थाले किसान २ परियोजना सँगको सहकार्यमा उक्त खसी मेला सुरु गरेको हो । संस्थाले गाउँगाउँका उत्पादनको बजारीकरण र कृषक व्यापारी तथा आम उपभोक्ताको सहजतालाई ध्यानमा राखी खसी मेलाको शुभारम्भ गरेको हो ।
मेला शुभारम्भ कार्यक्रम बनेपा सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति संयोजक मुक्ति बिष्टको सभापतित्व र बनेपा नगरपालिका बडा नंं. १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बनेपा नगरपालिका बडा नं. ८ का वडा अध्यक्ष दानबहादुर मानन्धर विशिष्ट अतिथि रहनु भएको थियो भने बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी, किसान २ परियोजनाका तर्फबाट प्रमोद गौतमको आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रमामा संस्थाका लेखा तथा सुपरिवेक्षण समिति संयोजक हरी प्रसाद तिमल्सिना, सचिव मुकुन्द शर्मा, शिक्षा उप समिति संयोजक मुकुन्द अर्याल, बनेपा सेवा केन्द्र सञ्चालन तथा तथा व्यवस्थापन उपसमिति सदस्य द्धारिका न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका सचिव मुकुन्द शर्माले संस्थाले सदस्य सन्तुष्टिमा केन्द्रित भै सहकारी वित्तीय सेवा लगायत किसान २ परियोजना सँगको सहकार्यमा कृषि तथा बाख्रापालनका कार्यक्रमहरु संञ्चालन गर्दै आएको र सदस्य तथा समुदायका किसानहरुले पालन गरेका खसी बोकाहरुलाई बजारमा सिधै उपभोत्ताहरु सम्म पुर्याई उत्पादक र उपभोक्ता दुबैको हित हुने काम गरेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि चन्द्रबहादुर खड्काले सामुदायिकले बचत तथा ऋणका सेवा मात्र नभै समुदाय लक्षित सामाजिक कार्यका मध्यमवाट समुदायमा उदाहरणिय योगदान गरिहेको बताउनुभयो । कुनै विभेद विना सदस्य र समुदायलाई नै लक्षित गरि सञ्चालन गरेको दशैं खसी मेलाको पूर्ण लाभ उठाउनुहुन कृषक ब्यपारी तथा उपभोक्ता सम्पूर्णमा आग्रह उहाँको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार