हाम्रो साकोसद्वारा जेष्ठ सदस्य-विद्यार्थीलाई सम्मान र सदस्यलाई वित्तीय साक्षरता
ललितपुर : ललितपुर–६, प्रयागपोखरीमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्य, विद्यार्थी सम्मान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले एसईई, प्लस टू, व्याचलर्स, मास्टर्स र एमफिल गर्ने सदस्य र सदस्यका छोराछोरीलाई सम्मान, उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान गरेको हो । त्यस्तै जेष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई ब्लान्केट दिएर सम्मान गरिएको हो । संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयाल लगायत संस्थाका सञ्चाल समितिका पदाधिकारी तथा सदस्यहरुले जेष्ठ सदस्य र विद्यार्थी सम्मान सम्मान गर्नुभएको थियो ।

करिब १ सय ३० जना विद्यार्थी, ४० जना जेष्ठ सदस्य र उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान गरिएको थियो । हरेक वर्ष सम्मान गर्ने आएको संस्थाले गत वर्ष भने कोभिड संक्रमणका कारण गर्न सकेको थिएन ।

त्यस्तै संस्थाले वित्तीय साक्षरता कार्यक्रम समेत सम्पन्न गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले कार्यक्रममा संस्थाले गर्दै आएको काम, संस्थाको प्रडक्ट, सदस्यलाई प्रदान गर्दै आएको सेवा, संस्थाको वित्तीय अवस्था, सामाजिक क्षेत्रमा गरेको काम लगायतको विषयमा जानकारी गराउनु भएको थियो ।

त्यस्तै सहकारी प्रशिक्षक तेजप्रसाद बजगाईले वित्तीय साक्षरताको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले बचतको महत्व, बचत कसरी गर्ने, बचत गर्नुको फाईदा, सहकारीमा बचत किन गर्ने लगायतको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

२०५५ साल फागुन १३ गते दर्ता भई सञ्चालनमा आएको यस संस्था नेफ्स्कूनले एशियाली ऋण महासंघसँगको समन्वयमा सञ्चालन गरेको साकोस गुणस्तरीयता सम्बन्धी स्तरीकरण कार्यक्रम एक्सेसमा समेत आबद्ध रहेको छ । संस्थाले मुख्य कार्यालय, काठमाडौंको बालाजु, ललितपुरको चापागाउँ र गोटिखेलबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार