२४ कात्तिक २०८३, मङ्गलबार

शिखर साकोसको ११ औं स्थापना दिवस: एक सय बालबालिकालाई नयाँ लुगा वितरण

२०७८ असोज २२, शुक्रबार
शिखर साकोसको ११ औं स्थापना दिवस: एक सय बालबालिकालाई नयाँ लुगा वितरण

झापा : बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले ११औ स्थापना दिवसको अवसरमा सरकारी विद्यालयमा अध्यनरत विपन्न परिवारका छोरा छोरीलाई नयाँ लुगा वितरण गरेको छ ।

संस्थाको राजगढ सेवा केन्द्र आयोजित कार्यक्रमबाट ३ वर्षदेखि १४ वर्ष उमेरका नानी बाबुलाई नयाँ लुगा वितरण गरिएको हो ।

संस्थाका सदस्यबाट केक काटेर सुरुवात गरिएको कार्यक्रममा एक सय जनालाई नयाँ लुगा वितरण गरिएको संस्थाका अध्यक्ष दीपेन्द्र राउतले जानकारी दिनुभयो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत दशैंको समयमा नयाँ लुगा वितरण गरिएको अध्यक्षले बताउनुभयो ।

२०६७ साल असोज २२ गते औपचारिक उद्घाटन गरी सुरुवात गरिएको शिखर साकोस बिर्तामोडमा मुख्य कार्यलय रहेर राजगढ र गरामनीमा सेवा केन्द्र संचालनमा रहेको छ । प्रविधिमैत्री संस्थामा परिचित शिखर साकोस सहकारीको भिडमा भिन्न रहेको छ । सेवामा उत्कृष्ट रहने उद्देश्यले सेवारत रहेको अध्यक्ष राउतले बताउनुभयो । ७ हजार ८ सय ४५ जना शेयर सदस्य रहेको यस संस्थामा १३ सय २० जना ऋणी रहेका छन् । ५ करोड ४४ लाख ७४ हजार ७ सय शेयर पुँजी रहेको यस संस्था ले जनाएको छ ।

७० करोड बचत, ६९ करोड ऋण लगानी गरिएको छ भने हाल ३५ जना कर्मचारी कार्यरत छन् । ९४ करोड ५७ लाख ८४ हजार ८ सय २५ रुपैयाँ संस्थाको वासलात रहेको छ । सहकारीमा लकर सुविधा प्रदेश न १ मा नै पहिलो पटक सुरुवात गरेको अध्यक्ष राउतले बताउनुभयो ।

लक्ष्मी पुजाबाट आफ्नै भवनबाट सेवा सुरु गरिने संचालक किरण पौडेलले बताउनुभयो । ‘प्रविधिमा हामी अन्य सहकारीभन्दा अगाडी रहेर काम गर्दै आएको छौं’, उहाँले भन्नुभयो, ‘हालसम्म १२ सयलाई प्रत्यक्ष शिखर एमबैंकमा जोडेका छौं ।’

चालु आर्थिक वर्षमा २ हजारभन्दा बढिलाई एम बैकमा जोडेर सदस्यहरुलाई प्रविधीमा अव्बल संस्थाका बनाइने आइटि संयोजक समेत रहेका किरण पौडेलले बताउनुभयो । संस्थाले लगानीमा १ प्रतिशत सेवा सुल्क लिएर सेवा प्रवाह गर्दै आएको तथा १२ र १३ प्रतिशतसम्म ऋण लगानी गरिँदै आएको सहसचिव तारा खतिवडाले बताउनुभयो ।

सामाजिक उत्तरदायित्वमा अग्रणी रहँदै सदस्यहरुको माझमा रहँदै आएको शिखर साकोसका संचाल कमदन विकले बताउनुभयो ।

 

अभिलेख

लोकप्रिय