जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कारबाट दीपकप्रकाश बाँस्कोटा सम्मानित
नवीनकुमार खतिवडा
मैनापोखरी (दोलखा) : जसचेतन बचत तथा ऋण सहकारी संस्थाले रजत जयन्ती को अवसर (२०७४) मा स्थापना गरेको ‘जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार’बाट राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बाँस्कोटालाई सम्मान गरेको छ ।
सहकारी क्षेत्रमा लागेर राष्ट्रिय योगदान पुर्याउने ब्यक्तिलाई प्रदान गर्ने उक्त पुरुस्कारको राशी २५ हजार १ रुपैयाँ रहेको छ । संस्थाको २९ औं स्थापना दिवसको दिन नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री तथा सांसद पार्वत गुरुङले उक्त पुरुस्कार प्रदान गर्नु भएको हो।
संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईंको अध्यक्षतामा भएको स्थापना दिवस तथा शुभकामना आदनप्रदान कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सम्मानित बाँस्कोटाले सहकारीले अब आफ्ना सदस्यहरुलाई उत्पादनमा लागाउनु पर्ने बताउनुभयो । उहाँले कृषि प्रधान मुलुकमा क्रमस जमिन बाझो हुँदै गएको र यसो हुनु राम्रो नहुने हुनाले बाझो रहेको जमिनमा माटो सुहाउँदो उत्पादनमा लाग्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा सांसद पार्वत गुरुङले पछिल्लो समय समाजमा विभिन्न सामाजिक विकृतीहरु देखा परेकोले यसको नियन्त्रणमा लाग्न सहकारीका सदस्यलाई आग्रह गर्नुभयो । राज्यको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान पूरा गर्न सहकारीको पनि योगदान रहने बताउँदै उहाँले यो अभियानमा लाग्न सहकारीलाई आग्रह गर्नुभयो।
कार्यक्रममा सस्थाका सचिव कमल बहादुर दहालले सस्थाको बार्षिक प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष भरत केसिले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । दोलखा जिल्ला भर कार्यक्षेत्र रही सेवा पुर्याउँदै आएको यस सहकारीले यस वर्ष मात्र दोलखा बाहेक काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौं जिल्ला भर र ललितपुर महानगरपालिका थप गरी ५ जिल्ला कायम गरी सेवा क्षेत्र विस्तार गरेको छ ।
संस्थामा हाल ३५ हजार सदस्य तथा २ अर्ब ३१ करोड कुल पुँजी रहेको छ । यो संस्था संस्थाहरुको गुणस्तर सुनिश्चितता सम्बन्धि अन्तरास्ट्रिय स्तरको प्रमाणिकरण कार्यक्रम एक्सेस ब्रान्ड अन्तर्गत एसियायी ऋण माहासंघबाट सिल्भर ब्रान्ड प्राप्त सहकारी हो ।
संस्थाले बचत तथा ऋणको अलवा विभिन्न सामाजिक कार्यहरुमा पनि कार्य गर्दै आएको छ। संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठका अनुसार संस्थाले ७५ वर्ष पुगेका शेयर सदस्यहरुलाई आजिवन मासिक ५०० भत्ता जनसचेतन आजिवन साहारा उपलब्ध गराउँदै आएको छ भने गरिब जेहेन्दार छात्रवृत्ति, सदस्यहरुलाई उपचार सेवा मा छुट, उत्कृष्ट बचत कर्ता, ऋणी, शेयर खरिद कर्ता सम्मान लगाएतका कार्यक्रमहरु रहेका छन् ।
साथै सस्थाले सदस्य सुरक्षा कोष कार्यक्रममार्फत सदस्य को मृत्यु पश्चात् परिवारको आर्थिक सुरक्षा गर्ने अभिप्रायले मृत्यु हुँदा आश्रित परिवारलाई १० हजारदेखि ४० हजारसम्म प्रदान गर्दै आइरहेको छ । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष यज्ञराज ढुंगेल, पुर्व अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघका महासचिव भिमप्रसाद दहाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार