नेचुरल सहकारीकाे १३ औं साधारण सभा सम्पन्न
काठमाडौं : गाेकर्णेश्वर-६, जाेरपाटीमा प्रधान कार्यालय रहेकाे नेचुरल बचत तथा ऋण सहकारी संस्थाकाे १३ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष शर्मिला अमात्यकाे सभापतित्वमा सम्पन्न साधारणा सभामा बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री बद्री मैनालीकाे प्रमुख आतिथ्यतामा रहेकाे थियाे । त्यस्तै कार्यक्रममा बागमती प्रदेशका सांसद प्रभात तामाङ, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्दव सापकाेटा लगायत अतिथिहरुकाे उपस्थिति रहेकाे थियाे ।

साधारणसभाले संस्थाका अध्यक्ष शर्मिला अमात्यले प्रस्तुत गर्नुभएकाे प्रतिवेदन, संस्थाका सचिव विकल्प पाठकले प्रस्तुत गर्नभएकाे कार्यक्रम, बजेट तथा व्यवस्थापकीय प्रगति प्रतिवेदन, लेखा समितिका संयाेजक अच्युतम काफ्लेले प्रस्तुत गर्नुभएकाे लेखा समितिकाे प्रतिवेदन पारित गरेकाे छ ।

प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाका सचिव तथा प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले संस्थाले प्रदान गर्ने सेवा समय सापेक्ष परिवर्तन गरिँदै लगिएकाे बताउनुभयाे । संस्थाले सदस्य केन्द्रीत व्यवसायिक गतिविधि गरी परिणाममुखी प्रविधिलाई प्राथमिकता दिँदै आएकाे बताउनुभयाे । आर्थिक वर्ष २०७७/०७८ काे असार समान्तसम्म संस्थाकाे सेयर पुँजी १२ कराेड ८६ लाख ८४ हजार ६ सय पुगेकाे छ । त्यस्तै साेही अवधिमा संस्थाले २ अर्ब ७ कराेड बचत संकलन, २ अर्ब ५ कराेड ६३ लाख लगानी, ३१ कराेड ७२ लाख कुल आम्दानी गर्न संस्था सफल भएकाे छ । त्यस्तै ३ कराेड ६० लाख ५२ हजार नाफा (कर व्यवस्था गर्नु अघिकाे) गर्न सफल भएकाे छ ।
अघिल्लाे आर्थिक वर्षकाे तुलनमा यश आर्थिक वर्षमा संस्थाले सेयर पुँजीमा १५.४१ प्रतिशत, बचतमा ५७.९५ प्रतिशत, कर्जामा ४४.०७ प्रतिशत, कुल आम्दानीमा ३०.५४ प्रतिशतले वृद्धि गरेकाे प्रमुख कार्यकारी सञ्चालक पाठकले बताउनुभयाे ।

साधारणसभामा उत्कृष्ट प्रविधि प्रयाेगकर्ता सदस्य सम्मान, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी लगायतकाे विधामा सम्मान समेत गरेकाे थियाे ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार