सहकारी नै किन?
‘संघ शक्ति कलौ युगे’ भन्ने भावनाले
एकको लागि सबै सबैको लागि एक भन्न थाल्यो जसले ।
बखान जन्म्यो २०१३ बन्यो अग्रज सबको
सहकारी, सहकार्य, विधि, नीति बन्दै सबको ।
सहकारी म हुँ भन्छ समाज नै मेरो घर भन्छ
शीरमा राख्छ सदस्यलाई समृद्धि न्याय भन्छ ।
हरियो रंग यसको रोजाई गर्छ उस्तै काम
हरा भरा सारा धरा जोहो गर्छ सबको माम ।
छेत्राधिकार, कार्यक्षेत्र कानुन शीरमा राखी
सफा कारोबार गर्छ–गराउँछ विधान सधैं माथि ।
रीत यसको मीत जस्तो गाउँछ गीत नेपाली
रीस राग छैन कतै तराई, पहाड, हिमाली ।
नीति, विधि, कार्यविधि राख्छ सधैं गर्छ काम उस्तै
सहकारी विभाग बन्यो संरक्षक आफ्नो पुर्खा जस्तै ।
शासकीय भयो पुनर्संरचना ताजै संविधान
संघ, प्रदेश, स्थानीय जाग्यो यसको प्रावधान ।
रुप बन्यो पैले गुठी साथमा मंका खल
सहकारी बन्यो राम्रो आशा साथमा सबको भलो ।
अमूल दूधले भारत बन्यो, बन्यो गुजरात
अब खटौं हामी पनि सम्पन्न हाम्रो हात ।
बेन्जामिनले गरी अल्का सहकारी हेर
खेती, किसानीले पाए मौका अहिले अमेरिका हेर ।
जापनमा चल्यो युद्ध सहयोग मिल्यो हेर
सहकारी कहाँ छैन यसको विकास हेर
सेवा दिन्छ घरै पिच्छे आई सम्झाई बुझाई
गुणस्तरीय सेवा यस्को बैकिङ सफ्टवयर है
भन्छ सधैं छिटो छरितो गुणस्तरीय सेवा
एक्ले अर्कोलाई सहायता प्रजातन्त्रिक टेवा
बचत संकलन ऋण लगानी राख्छ खर्च र आम्दानी
भन्छ सधैं कमाउँ, बचाउँ, बनाउँ है सबले बानी
साधारण बचत, आवधिक बचत छ यसको हेर
सेयर बचत, बाल बचत सबै प्रोडक्ट धेर
कब्र्स हेर पल्र्स हेर हेर सबै डाटा
आम्दानी बढाउ, बढाउ बचत हुँदैन है घाटा
घरदैलो रक्तदान शिक्षा मूलक काम यसको
सरसफाई, सामाजिक काम सधैं छ यसको
रचनाकारः विनोद दुवाडी
सञ्चालक सदस्य तथा शिक्षा उपसमिति संयोजक
धादिङ मण्डली साकोस
कलंकी–१४, काठमाडौं
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार