२४ कात्तिक २०८३, मङ्गलबार

‘काठमाडौं उपत्यका छिर्न चाहने सहकारीको चाप’ (भिडियो सहित)

२०७८ असोज ९, शनिवार
‘काठमाडौं उपत्यका छिर्न चाहने सहकारीको चाप’ (भिडियो सहित)

काठमाडौं : बागमती प्रदेश सहकारी रजिष्ट्रार बिक्रम पाण्डेयले बागमती प्रदेशका धेरै सहकारी संस्थाहरु काठमाडौं उपत्यका छिर्न खोजिरहेको बताउनुभएको छ । काठमाडौं उपत्यका छिर्न खोज्ने सहकारीको चाप रहेको उहाँको भनाई थियो ।

काभ्रेको सामुदायिक बचत तथा ऋण सहकारीको बानेश्वर सेवा केन्द्रको उद्घाटन गर्नुहुँदै रजिष्ट्रार पाण्डेयले धेरै सहकारीको काठमाडौं छिर्ने चाहाना देखिएको बताउनुभयो । धेरै सहकारीहरुले सेवा केन्द्र खोल्न निवेदन दिएको र तर, सहकारी एकीकरण हुने सहकारीको हकमा भने सेवा केन्द्र खोल्न स्विकृती प्रदान गरेको उहाँले बताउनुभयो ।

विशेष गरी काठमाडौंको रिङरोड भित्रका सहकारीमा विकृती देखिएको बताउनुभयो । उत्कृष्ठ सहकारीहरुले त्यस्ता सहकारीलाई सिकाउने जिम्मेवारी पनि रहने बताउनुभयो ।

उहाँको थप भनाईमा भिडियो हेर्नुहोस्


कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरु धेरै सहकारीको हब काठमाडौं हुँदै गरेको बताउनुभयो । ब्राण्डेड सहकारीहरु काठमाडौं छिर्न खोजिरहेको बताउनुहुँदै उहाँले यो विषयमा अभियान र नियामकले ध्यान दिनुपर्ने बताउनुभयो ।
सहकारीलाई सिकाउने अग्रणी सहकारी सामुदायिक रहेको बताउनुभयो ।

त्यस्तै बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले काठमाडौंमा धेरै सहकारी रहेको तर सुशासनको सवालमा थोरै कम रहेको बताउनुभयो । ‘सेवा केन्द्र खोलेर मात्र हुन्न । सञ्चालन गर्न धेरै कठिन छ ।’
सेवा केन्द्र सामुदायिक जस्तो संस्थालाई आवश्यक तर सेवा केन्द्रको नाममा विकृती भित्रिएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

त्यस्तै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले काठमाडौं उपत्यकामा सामुदायिक सहकारीको सेवा केन्द्र आवश्यकतासँगै वाध्यता पनि रहेको बताउनुभयो । ‘सामुदायिक साकोस ब्राण्डेड, नमुना र अरुलाई पनि सिकाउने सहकारी हो’, उहाँँले भन्नुभयो, ‘अन्य सहकारीले सेवा केन्द्र खोल्नु र सामुदायिक साकोस फरक छ ।’

अभिलेख

लोकप्रिय