२४ कात्तिक २०८३, मङ्गलबार

सदस्यले उत्पादन गरेका खसीको बजारीकरणमा सघाउँदै सहारा नेपाल साकोस

२०७८ असोज ९, शनिवार
सदस्यले उत्पादन गरेका खसीको बजारीकरणमा सघाउँदै सहारा नेपाल साकोस

झापा : बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सहकारीका सदस्यले उत्पादन गरेको खसी बिक्री गर्न शुरु गरेको छ । सहाराले दशैंको अवसरमा सदस्यले उत्पादन गरेको खसी बिक्री शुरु गरेको हो ।

झापासहित इलाम, मोरङ, सुनसरी उदयपुरका सदस्यले उत्पादन गरेको खसीको बजारीकरणमा सहयोग गरेको सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिनुभयो । सहारले सेयर सदस्यलाई बाख्रा पालनका लागि प्राविधिक सहयोग साथै उत्पादनमा सहयोग गर्दै आएको छ ।

सदस्यले उत्पादन गरेको जिउँदै खसी तैलेर ५ सय ६० रुपैयाँ प्रतिकिलो बिक्री गरिरहेको सहाराले जनाएको छ । सहाराले अहिलेसम्म विभिन्न जिल्लाका ६० वटा खसी बिक्री गरिसकेको छ । दशैं अघि सबै सदस्यले उत्पादन गरेका खसीको बजारीकरणमा सहयोग गर्ने संस्थाको भनाई छ ।

पहिलो चरणमा इलाम र उदयपुरका सदस्यबाट खरिद गरिएको खसी झापादेखि काठमाडौंसम्म पुर्याएर जिउँदै जोखेर बिक्री गर्ने कार्यप्रारम्भ भएको छ ।यो क्रम कम्तीमा दशैंसम्म जारी रहने जनाइएको छ ।

अभिलेख

लोकप्रिय