२४ कात्तिक २०८३, मङ्गलबार

सामुदायिकको सेवा केन्द्र बानेश्वरमा, वस्तु तथा सेवामा प्रतिस्पर्धा गर्न आएका हौंः अध्यक्ष बञ्जारा

२०७८ असोज ९, शनिवार
सामुदायिकको सेवा केन्द्र बानेश्वरमा, वस्तु तथा सेवामा प्रतिस्पर्धा गर्न आएका हौंः अध्यक्ष बञ्जारा

काठमाडौं : पनौती–४, टौखाल, काभ्रेमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले १४ औं सेवा केन्द्र काठमाडौंको नयाँ बानेश्वरमा स्थापना गरेको छ । संस्थाको यो काठमाडौंमा दोस्रो सेवा केन्द्र हो ।

शनिबार एक कार्यक्रमको बीच उक्त सेवा केन्द्रको उद्घाटन बागमती प्रदेश सहकारी रजिष्ट्रार बिक्रम पाण्डेयले गर्नुभएको हो । संस्थाका अध्यक्ष प्रकाश बञ्जाराको अध्यक्षतामा भएको सेवा केन्द्र उद्घाटन कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरु, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा लगायत सञ्चालक समिति, लेखा समिति, कर्मचारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

सेवा केन्द्र उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष बञ्जाराले सहकारीहरुको भीड काठमाडौंमा वस्तु तथा सेवाको प्रतिस्पर्धा गर्न आएको बताउनुभयो । सहकारी सहकारी बीच प्रतिस्पर्धाको लागि काठमाडौं नआएको बताउनुहुँदै अध्यक्ष बञ्जाराले समुदायमा आधारित भएर संस्थाले प्रदान गर्ने सेवामा भने सहकारीसँगै प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

‘सदस्यहरुलाई बढीभन्दा बढी सेवा प्रवाह गरिरहेका छौं, उहाँले भन्नुभयो, ‘त्यो सेवा काठमाडौंका सदस्यलाई पनि दिन चाहन्छौं ।’ ३ अर्ब २८ करोड कुल वासलात संस्थाको जगेडा कोषमा २३ करोड रहेको पनि उहाँले बताउनुभयो । संस्थामा ४० हजार सदस्यको ३० करोड सेयर पुँजी रहेको छ ।

संस्थाले ५ वटा थप सेवा केन्द्र सञ्चालन गर्ने उद्देश्य रहेको समेत अध्यक्ष बञ्जाराले बताउनुभयो ।

अभिलेख

लोकप्रिय