विन्धवासिनी साकोस र रोशी गाउँपालिकाबीच व्याज अनुदान निरन्तरता, सदस्यले ६ प्रतिशत छुट पाउने
काभ्रे : विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले रोशी गाउँपालिकामा व्यवसायिक कृषि तथा पशुपालन कार्यक्रम विस्तार र प्रवर्द्धन गर्न कृषि तथा पशुपालन ऋणमा व्याज अनुदान सहुलियत प्रदान गर्न गत आर्थिक वर्ष देखिरोशी गाउँपालिकासंग विन्धवासिनी साकोसले संझौता गरी कार्य प्रारम्भ गरेको थियो ।
रोशी गाउँपालिका र विन्धवासिनी बीच ०७७/0७८ मा गरिएको संझौता अवधि गत असारमा समाप्त भएको र पुनः सम्झौता भए पश्चात आ.व. २०७८/0७९ मा पनि कृषि ऋणमा व्याज अनुदान कार्यक्रमले निरन्तरता पाएको छ ।
सम्झौतापश्चात रोशी गाउँपालिकामा कृषि व्यवसाय संचालन गरिरहेका सदस्यहरुले रोशी गाउँपालिकाबाट ५ प्रतिशत व्याज अनुदान र बिन्धवासिनी साकोसबाट १ प्रतिशत व्याज छुट गरी ६ प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन् ।
सम्झौतापत्रमा रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामा र विन्धवासिनी साकोसका अध्यक्ष प्रदिप थापाले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा रोशी गाउँपालिकाका प्रवक्ता पदम बहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत परशुराम थापा, योजना शाखा प्रमुख राम लामा, बिन्धवासिनी साकोसको संचालक भिम बहादुर केसी, भकुण्डे सेवा कार्यालय व्यवस्थापन उप समितिका सदस्य राममणि हुमागाई र प्रमुख कार्यकारी अधिकृत केवि लामा लगायतको उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
