पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा घिमिरे र महासचिवमा पराजुली
ललितपुर : नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा रामशरण शर्मा घिमिरे निर्वाचित हुनुभएको छ । लामो समयदेखि साधारण सभा नभएर निष्कृय जस्तै बनेको संघको शनिबार ललितपुरमा साधारणसभा गरी नयाँ सञ्चालक समिति चयन गरेको हो ।
ललितपुरको महाँकाल गाउँपालिका–३ गोटिखेल स्थित प्राकृतिक पर्यटन सहकारी संस्थाको प्रतिनिधित्व गर्दै शर्मा निर्विरोध अध्यक्ष चयन हुनुभएको हो । शर्मा प्राकृतिक पर्यटन सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । संस्थाले ललितपुरको गोटिखेलमा कोप रिर्सोट सञ्चालन गर्दै आएको छ ।
राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, अध्यक्ष मीनराज कंडेल, सञ्चालक केबी उप्रेती लगायतको आतिथ्यतामा साधारणसभा भएको थियो ।
विगत २ दशकभन्दा बढी सहकारी अभियानमा सकृय शर्मा बागमती प्रदेश सहकारी संघका अध्यक्ष, बागमती प्रदेश सहकारी विकास बोर्डका पदेन सञ्चालक हुनुहुन्छ ।
यस अघि संघको अध्यक्ष लक्ष्मण यादव रहनुभएको थियो । उहाँ हाल राष्ट्रिय सहकारी महासंघको पनि सञ्चालक हुनुहुन्छ । संघको नव निर्वाचित उपाध्यक्षमा शिव कट्टेल, महासचिवमा देवराज पराजुली, सचिवमा प्रेम भक्त महर्जन र कोषाध्यक्षमा रणबहादुर खड्का रहनुभएको छ ।
लामो समयदेखि साधारण सभा समेत नभएर निष्कृय जस्तै बनेको संघलाई सकृय बनाउने काम भएको नव निर्वाचित अध्यक्ष शर्माले बताउनुभयो । देशभर रहेका पर्यटन सहकारीलाई संगठित गर्दै संस्थाको प्रवद्र्धन र विकासमा संघले काम गर्ने बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको भरोसा बन्दै ज्योतिपुञ्ज, राहत कोषमा २ लाख ५ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार