सहकारीले भगिनी कम्पनी खोल्न पाउने, लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा
काठमाडौं : सरकारले सहकारी संस्थाहरुको अनुगमन सम्बन्धी नीति र संयन्त्र बनाउने भएको छ । अर्थमन्त्री शर्माले शुक्रबार प्रतिनिधिसभामा बजेट बिनियोजन विधेयक प्रस्तुत गदैं यस्तो जानकारी गराउनुभएको हो ।
उहाँले सहकारी संस्थाहरुले भगिनी कम्पनी खडा गरि आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था रहेको जानकारी गराउनुभयो ।
साथै बेरोजगार युवाहरको विस्तृत लगत अध्याविधिक गरि एकीकृत अभिलेख तयार गरिने जानकारी गराउनुभयो । श्रम समूह वा श्रम सहकारीमार्फत यूवाहरुलाई संगठित गरि व्यवसायिक दक्षता अभिवृद्धि गर्न तालिम सहित सार्वजनिक निर्माण क्षेत्रको १० करोडसम्म लागको आयोजनामा आपसी प्रतिस्पर्धामार्फत सहभागी हुन पाउने कानूनी प्रबन्धक गरिने बताउनुभयो ।
यस्तै, सरकारबाट संचालन हुने श्रममूलक रोजगरा कार्यक्रममा विपन्न दलित एवम् अति गरिब नागरिकलाई पहिलो प्राथमिकता दिइने अर्थमन्त्री शर्माले बताउनुभयो । शुक्रबार नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गर्नुभएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार