१७ भदौ २०८३, बुधबार

सहकारीकर्मी ढुङ्गेल र लामालाई अन्तर्राष्ट्रिय अवार्ड

२०७८ भदौ १६, बुधबार
सहकारीकर्मी ढुङ्गेल र लामालाई अन्तर्राष्ट्रिय अवार्ड
class="ns4p8fja j83agx80 cbu4d94t a6sixzi8 bkfpd7mw d2edcug0 kb5gq1qc nred35xi pcp91wgn dflh9lhu" role="none"> >काठमाडौं : एसियाली ऋण महासंघ (अक्कु) ले नेपालका दुई सहकारीकर्मीलाई Outstanding Award for Credit Union Volunteer र Outstanding Award for Credit Union Executive अवार्ड दिने निर्णय गरेको छ ।
>
>अक्कुको संचालक समितिको निर्णय अनुसार Outstanding Award for Credit Union Volunteer प्राप्त गर्नेमा जनसचेतन बचत तथा ऋण सहकारी संस्था, दोलखाका पूर्व अध्यक्ष यज्ञराज ढुङ्गेल रहनुभएको छ । त्यस्तै Outstanding Award for Credit Union Executive प्राप्त गर्नेमा काभ्रेपलाञ्चोकको बनेपामा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बी लामा रहनुभएको छ ।
>
>ढुङ्गेल र लामालाई अन्तर्राष्ट्रिय ऋण क्षेत्रको विकासमा पुर्याएको सहयोग, महासंघको विकास अभियान प्रति प्रतिबद्ध भई अक्कुको विकास र प्रवर्द्धनमा पुर्याएको योगदान तथा आवश्यकता बमोजिमका स्रोतहरुको परिचालनमा पुर्याएको योगदानलाई आधार बनाई अवार्ड प्रदान गर्ने निर्णय गरेको अक्कुले जनाएको छ । > >उहाँहरुमा भएको लेखा तथा संञ्चालन व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, वित्तीय समावेशितामा पुर्याएको योगदान ,सिमान्तकृत समुदायहरुलाई आधुनिक डिजिटल प्रविधिको सेवा मार्फत वित्तीय पहुँचमा वृद्धि गरि सदस्यको जीवनस्तर उकास्न गरेको अतुलनीय क्षमतालाई मुल्याङकन गर्दै उल्लिखित अवार्ड दिने अक्कुले निर्णय गरेको हो । > >नेपालको ग्रामिण क्षेत्रमा रहि बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व गरि सहकारीको माध्यमबाट गरिवी उन्मुलन गरि ग्रामिण क्षेत्रको अर्थतन्त्रको विकासमा सहयोग पुर्याई रहेका छन् । उहाँहरु अवार्डको लागि योग्य रहेको भन्दै राष्ट्रिय सहकारी बैंक संचालक समितिले निर्णय गरि सिफारिस अक्कुको कार्यालय थाईल्याण्डमा पठाएको थियो । > >ढुङ्गेल तिन कार्यकाल जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड दोलखाको अध्यक्ष भई हाल सहकारी क्षेत्रमा सक्रिय हुनुहुन्छ भने लामा लामो समय देखी बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2021/09/01/news-413/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय