सदस्यलाई क्यू आर कोड हस्तान्तरणमा पोखरा रोयल साकोसको तीव्रता
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले गत साताबाट सुरु गरेको क्यू आर कोड प्रविधिबाट भुक्तानी सेवा प्रधान कार्यालयसहित सेवाकेन्द्रहरु मार्फत सदस्यहरुलाई निरन्तर रुपमा प्रदान गरिरहेको छ ।
क्यू आर कोडबाट वस्तु तथा सेवाको खरिद पश्चात ग्राहकले आफ्नो मोबाईलबाट क्यु आर कोड स्क्यान गरी बिल भुक्तानी गर्न सक्नेछन् । यसको लागि ग्राहकहरुले मोबाईल बैकिङको सुविधा भने लिनुपर्नेछ ।
संस्थाको सेवाकेन्द्रहरु दुलेगौँडा तनहुँ, भण्डारढिक र मोहोरियाका सदस्यलाई उहाँहरुकै व्यवसायिक प्रतिष्ठानमा गई क्यू आर कोड वितरण गरिएको छ । गत साता मात्र संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले शेयर सदस्य भुवन बराललाई हस्तान्तरण गरि क्यू आर कोड अभियान शुरुवात गर्नुभएको थियो ।

क्यू आर कोड जडान भए पश्चात आफ्नो ग्राहकहरुमा भुक्तानी प्रणाली सहज हुनुका साथै नगद परिचालनमा सुरक्षित र प्रविधीमा फड्को मारेको आभास भएको भर्खरै मात्र क्यू आर कोड प्रणालीमा आवद्ध भएका रोजिना अफसेटका सञ्चालक कोपिला श्रेष्ठले बताउनुभयो ।
“प्रविधीमैत्री सहकारी, स्मार्ट सदस्य हाम्रो जिम्मेवारी” अभियान अन्र्तगत संस्थाले नगद रहित कारोबारलाई प्रर्बद्धन गर्ने उद्देश्यले आफ्ना व्यवसायी सदस्यहरुलाई क्यू आर कोड प्रविधीमा जोडेको हो ।

संस्थाले आगामी दिनमा प्रवधिलाई परिमार्जन गर्दै सदस्यहरुलाई वित्तीय कारोवार गर्न सहज र सरल हुने गरी कार्य गर्ने सूचना अधिकारी मीलन ढकालले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार