गंगामाला स्वावलम्बन विकास साकोस एक्सेस कार्यक्रममा आबद्ध
सुर्खेत : भेरीगंगा नगरपालिका–१२, छिन्चुस्थित गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था एक्सेसमा आबद्ध भएको छ ।
नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) ब्रान्ड प्राप्त संस्था एक्सेसमा आबद्ध भएको हो । बुधबार एक कार्यक्रमको बीच नेफ्स्कून र संस्था बीच सम्झौता सम्पन्न भएको हो । कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य एवम् संस्थाका अध्यक्ष यज्ञ प्रसाद ढकाल, संघका बरिष्ठ अधिकृत भरत न्यौपाने र साकोसका प्रमुख कार्यकारी अधिकृत हिरालाल घर्ती उपस्थित रहेको थियो ।
एशियाली ऋण महासंघले विकास गरेको उक्त कार्यक्रम नेफ्स्कूनको प्राविधिक सहजिकरणमा लागू गरिएको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिकिकरण कार्यक्रम हो ।
२०५५ पुस २ गते स्थापना भएको संस्थामा हाल ६ हजार ८ सय ५६ जना सदस्य रहेको छ । संस्थाको कुल सम्पत्ति करिब ४० करोड रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार