२४ कात्तिक २०८३, मङ्गलबार

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको छैटौं सदस्य सुविधा काउन्टर भक्तपुरको सूर्यविनायमा

२०७८ भदौ ४, शुक्रबार
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको छैटौं सदस्य सुविधा काउन्टर भक्तपुरको सूर्यविनायमा

ललितपुर : श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले छैटौँ  सदस्य सुबिधा काउन्टर भक्तपुर जिल्लाको सूर्यविनायक पाण्डुबजारमा स्थापना गरेको छ ।

संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले आज (भदौ ४ गते) काउन्टरको उद्घाटन गरेपछि औपचारिकरूपमा कारोबार शुरु भएको हो ।

उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्थालाई  देशकै सबैभन्दा ठूलो सहकारी बनाउन  र आसपासका सदस्यलाई घरपाईकमै  सर्वसुलभ सुबिधा उपलब्ध गराउन सदस्य सुविधा काउन्टर थप गरेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न सदस्य सुविधा काउन्टर थप गरेको बताउनुभयो । उहाँले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको जानकारी गराउनुभयो ।

संस्थाले यसअघि संस्थाको ललितपुर चापागाँउ, काठमाडौं जिल्लाको चाबहिल, न्यूरोड, भक्तपुरको कौशलटार र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरिसकेको छ । संस्थाले हालसम्म करिब ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको छ ।

डिभिजन सहकारी कार्यालय ललितपुरमा बि.सं. २०५६ साल भदौ १८ गते दर्ता भई असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले २२औ वर्षमा शेयर सदस्यलाई सुविधा दिइरहेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्र तर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्रतर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेज प्रा.लि. र नेशनल एकेडेमी, डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ ।

संस्थाबाट संचालित कार्यक्रमलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी रुपमा सञ्चालन गर्न आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा तालिम दिइरहेको छ । सस्थाले सदस्य सुविधा काउण्टरलाई बृद्धी गरी निकट भविष्यमा उपत्यका भित्र र बाहिर गरी थप ६ स्थानहरुमा थप सुविधा काउण्टरहरु संचालन गरी संस्थाले आफ्नो सेवाहरु विस्तार गर्ने तयारी भैरहेको भण्डारीको भनाई थियो ।

अभिलेख

लोकप्रिय