सहकारीकर्मीकाे पहल सार्थक बन्याे, पाेखराका ५ सय सहकारी कर्मचारीले लगाए खाेप
पोखरा : कास्की जिल्लाका सहकारी संघ/संस्थामा कार्यरत ५ सय कर्मचारीले मंगलबार कोरोना विरुद्धको खोप लगाएका छन् ।
सहकारीकर्मीहरुले सहकारीमा कार्यरत कर्मचारीलाई प्राथमिकता राखेर खाेप लगाईलिन निरन्तर पहल गर्दै आएकाे थियाे । लामाे समयकाे प्रयासले सार्थक रुप लिएपछि कास्कीका सहकारीकर्मी खुशी भएका छन् ।
जिल्ला सहकारी संघ कास्की, पोखरा महानगर सहकारी समिती, महानगर सहकारी संघ, को-अपरेटिभ म्यानेजर्स क्लब र कास्की बचत तथा ॠण सहकारी संघको समन्वय र पहलमा याे सम्भव भएकाे हाे । विशेषगरी को-अपरेटिभ म्यानेजर्स क्लबकाे पहलले याे सम्भव भएकाे सहकारीकर्मीहरुले बताएका छन् । क्लबले खाेप लगाउन बाँकी सबै कर्मचारिकाे नाम संकलन गरेकाे थियाे । साेही आधारमा पाँच सय कर्मचारीले आज खाेप लगाएका हुन् ।
मंगलबार जनप्रिय माध्यामिक विद्यालय, सिमलचाैर खाेप केन्द्रमा सहकारीमा कार्यरत कर्मचारीलाई खाेप लगाउने व्यवस्था गरिएकाे थियाे । निकै शान्तिपूर्ण वातावरणमा पाँच सय कर्मचारीले खाेप लगाएकाे पाेखरा राेयल बचत तथा ऋण सहकारीका मुख्य प्रबन्धक मीलन ढकालले जानकारी दिनुभयो । विभिन्न निकायमा लामाे समयदेखि गरिएकाे पहल सार्थक बन्दा सहकारीकर्मी निकै खुशी बनेकाे उहाँकाे भनाइ थियाे ।
जिल्ला प्रशासन कार्यलय, कास्कीका प्रमुख थानेश्वर गौतमले जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष सावित्रा कोइरालालाई खोप हस्तान्तरण गर्नुभएकाे थियाे । 
सहकारी संघका अध्यक्ष सावित्रा कोइरालाले सहकारीकर्मीहरुलाई खोप उपलब्ध गराएको सरकारलाई धन्यवाद दिनुभयाे ।
आजमने खोप कार्यक्रम को-अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष डम्बर बस्नेतले खोप लगाई सुरुवात गरिएको थियो । 
गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले खोप कार्यक्रमको अनुगमन समेत गर्नुभएकाे थियाे । उहाँले प्रदेश सरकारले सबै नागरिकहरुलाई खोपको प्रवन्ध गर्ने बताउनुभयाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार
मानवीय सेवामा विकूको योगदान, एकैदिन ३१० पिन्ट रक्त संकलन
२५ श्रावण २०८३, सोमबार
बुडोल सामुदायिक साकोसका कर्मचारीलाई सीप र व्यावसायिकता विकास तालिम
२४ श्रावण २०८३, आईतवार