नेफ्स्कूनले किन सार्यो सिइओको लिखित परिक्षा ?
काठमाडौंः नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले प्रमुख कार्यकारी अधिकृत (सिइओ)को लिखित परिक्षा सारेको छ । आज (भदौ १) गते दिउँसो २ बजेको लागि तोकिएको लिखित परिक्षा २० गतेको लागि सारेको हो ।
कोरोना महामारीको बढ्दो संक्रमण दरका कारण परिक्षा सारिएको नेफ्स्कूनद्वारा जारी सूचनामा भनिएको छ । सूचनामा परिक्षा स्थगनबाट परिक्षार्थी उम्मेदवारहरुमा पर्न गएको असुविधाप्रति संघले क्षमा समेत मागेको छ ।
जारी सुचना अनुसार भदौ २० गते दिउँसो २ बजे संघको केन्द्रीय कार्यालयमा परिक्षा हुने जनाएको छ ।
नेफ्स्कूनले असार ३० गते एक राष्ट्रिय दैनिकमा कर्मचारी आवश्यकताको सूचना मार्फत सिइओ (तह १०) को लागि खुला आव्हान गरेको थियो । त्पसपछि प्राप्त आवेदनबाट संघले साउन २२ गते छोटो सूचिको नाम प्रकाशित गरेको थियो । उक्त छोटो सूचिमा ८ जना पर्न सफल भएको छ । उक्त सुचिमा नेफ्स्कूनकै पूर्व सिइओ शिवजी सावकोटा, कामु सिइओ प्रकाशप्रसाद पोखरेल लगायत रहेको छ ।
छोटो सूची

लिखित परीक्षा सारिएको सूचना

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार