१७ भदौ २०८३, बुधबार

सहकारीमा प्रविधिको पहुँच बढाउने अभियानमा दोलखा जिल्ला संघ

२०७८ भदौ १, मङ्गलबार
सहकारीमा प्रविधिको पहुँच बढाउने अभियानमा दोलखा जिल्ला संघ

दोलखा : जिल्ला सहकारी संघ, दोलखा सहकारीका प्रविधिको पहुँच बढाउने अभियान लागेको छ ।

कम्पुटर, ईन्टरनेटको पहुँचमा समेत नभएका सहकारीलाई सहयोग गर्ने भएको छ । संघले आफ्नो २९ औं स्थापना दिवसमा सहकारी संघ/संस्थालाई कम्पुटर, प्रिन्टर र ईन्टरनेटको व्यवस्था गरिदिने निर्णय सञ्चालक समितिले गरेको छ ।

त्यस्तै उत्कृष्ट सहकारी संस्था, सहकारीकर्मी, कर्मचारी, सञ्चारकर्मी लगायतलाई सम्मान तथा पुरस्कृत समेत गर्ने जनाएको छ । स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कृत हुनेको नाम घोषणा गरी साधारणसभामा प्रदान गरिने संघका अध्यक्ष हेमन्त चौलागाईले जानकारी दिनुभयो ।

संघले जिल्लाको उत्कृट सहकारी व्यवस्थापक, उत्कृष्ट सहकारी संघ/संस्था, उत्कृष्ट सहकारीकर्मी, उत्कृष्ट कारोबार गर्ने संघ/संस्था, पूर्व सञ्चालक, सञ्चारकर्मीलगायत विधामा सम्मान गर्दै आएको छनोट समितिका संयोजक देवीप्रसाद शर्माले जानकारी दिनुभयो ।

हाल संघमा चार सय ३४ वटा सहकारी संघ/संस्था आवद्ध भएका छन् ।

अभिलेख

लोकप्रिय