विन्धबासिनी र चन्द्रागिरि साकोसलाई ‘सामाजिक उत्तरदायित्व बहन’ पुरस्कार
काठमाडौं : नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ(नेफ्स्कून)ले कोभिड-१९ महामारीका बीचमा सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै काभ्रेको बिन्धबासिनी साकोस र काठमाडौंको चन्द्रागिरि साकोसलाई सम्मान गरेको छ । नेफ्स्कूनको ३४ औं स्थापना दिवसको अवसरमा दुई संस्थालाई महामारीमा उत्कृष्ट सेवा प्रदान गरे वापतको सम्मान दिने घोषणा गरिको हो ।
बिन्धबासिनी साकोसले कोभिड महामारीमा २० जना सदस्यलाई अक्सिजन वितरण, कोभिड १९ सहुलियत ऋण र कोभिड संक्रमितलाई संस्थाले दिँदै आएको स्वास्थ्य उपचार राहतमा थप ५० प्रतिशत सहुलियत दिएको भन्दै नेफ्स्कुनले सम्मान गरेको हो ।
त्यसैगरी चन्द्रागिरि साकोसले कोभिड उपचारका लागि भर्ना भएका सदस्यहरुलाई अस्पतालमा नै गएर २५ हजारसम्म भुक्तानी, २ हजार सदस्यको कोरोना बीमा, बसभाडा ४० प्रतिशत छुटको व्यवस्था, महामारी अवधिभर ब्याज तथा हर्जानामा १५ प्रतिशत छुट, सदस्यहरुलाई खर्चमा मितव्ययिता अपनाउन ५० उपायसहितको वित्तीय साक्षरता जागरण जस्ता योजना कार्यान्वयन गरेबापत उक्त सम्मान दिइएको हो ।
संस्थाको कार्यालयबाटै सवारी साधनको कर भुक्तानी सेवा, घरबाटै मोबाइल बैंकिङ र रेमिट्यान्स सेवा, कियोस्क मेशिनमार्फत ससाना बचत गर्न सकिने र महामारीमा अपील भएका क्षेत्रमा आर्थिक सहयोग समेत चन्द्रागिरिले गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
