१७ भदौ २०८३, बुधबार

घरजग्गा, गाडीमा लगानी गर्ने सहकारीको काम छैनः अर्थमन्त्री शर्मा

२०७८ साउन ३२, सोमबार
घरजग्गा, गाडीमा लगानी गर्ने सहकारीको काम छैनः अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सहकारी संस्थाको लगानी गाडी, घर जग्गामा यदी छ भने त्यस्ता सहकारीको काम नभएको बताउनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को ३४ औं स्थापना दिवसको अवसमा आयोजिक कार्यक्रममा अर्थमन्त्री शर्माले सहकारीको लगानी उत्पादन मुलक क्षेत्रमा, गरिबी निवारण र राष्ट्र निमार्णमा हुनुपर्ने बताउनुभयो ।

‘कम्तीमा ६० प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा गर्नुहोस्’, उहाँले भन्नुभयो, ‘गरिबी निवारणमा सहकारीको भूमिका हुनुपर्छ । यस्ता क्षेत्रमा सहकारीको लगानी हुनुपर्छ । यदी उत्पादनमुलक क्षेत्रमा लगानी गर्न नसक्ने सहकारीको काम छैन ।’

सहकारी व्यक्ती विशेषभन्दा पनि आम जनताको बीचमा हुनुपर्ने समेत उहाँको भनाई थियो ।

अभिलेख

लोकप्रिय