१७ भदौ २०८३, बुधबार

अब सहकारी संस्था पनि विद्युतीय भुक्तानी प्रणालीमा जानु पर्ने

२०७८ साउन २९, शुक्रबार
अब सहकारी संस्था पनि विद्युतीय भुक्तानी प्रणालीमा जानु पर्ने

काठमाडौं : अब सहकारी संस्थाहरु पनि विद्युतिय भुक्तानी प्रणालीमा जानु पर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सहकारीमा पनि विद्युतिय भुक्तानीमा प्रोत्साहन गरिने उल्लेख गरेको हो ।

भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक संस्थाहरुको कारोबारको दायरा बढाई सहकारीका ग्राहक (सदस्य) समक्ष समेत विद्युतीय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गरिनेछ सार्वजनिक मौद्रिक नीतिमा भनिएको छ ।

साथै, नगद कारोबारको विद्यमान सीमालाई बचत तथा ऋण सहकारी संस्थाहरुमा समेत प्रभावकारी कार्यान्वयन गर्न आवश्यक समन्वय गरिने उल्लेख गरिएको छ ।

अभिलेख

लोकप्रिय