४ कात्तिक २०८३, मङ्गलबार

कर्जा व्यवस्थापन तालिम सकियो

२०७१ जेठ १९, सोमबार
कर्जा व्यवस्थापन तालिम सकियो

तालिममा सहभागीलाई बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले प्रमाणपत्र वितरण गर्दै तालिम समापन गरे । कार्यक्रममा बोल्दै पोखरेलले भरपर्दो रोजगारीको व्यवस्थापन साथै युवा जनशत्तिको सहि सदुपयोग गर्नमा सहकारीको महत्वपुर्ण भुमिका रहेको बताए । देशमा बढ्दै गरेको बेरोजगारीलाई सहकारीको माध्यमबाट रोजगारी प्रदान गरि देशलाई सबल राष्ट्र बनाउनमा सहकारीहरुको भूमिका महत्वपुर्ण रहेको बताए । ‘केही सहकारीले चालेका नकारात्मक कदमले गर्दा सम्पुर्ण सहकारीहरीको बदनामीको सिकार भएको छ ।’ उनले भने– ‘यस्ता सहकारीहरुलाई कानुनको दायरामा ल्याउनु पर्छ ।’
३ दिन सम्म संचालित उक्त कर्जा व्यवस्थापन तालिममा लघु वित्त, कर्जा मुल्याकंन तथा अनुगमन, कर्जा असुली तरिका , प्राविधिक धितो मुल्याकंन विधि लगायत कर्जा सम्बन्धी सम्पुर्ण विषयमा सम्बन्धीत क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइएको बैंकका शाखा प्रमुख प्रभु पोखरेलले बताए । तालिममा लेटाङ,  विराटचोक, बयरबन, पथरी, उर्लावारी, मधुमल्ला, राजघाट, इटहरा सिजुवा क्षेत्रका ३३ वटा सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागी रहेको पोखरेलले बताए ।

उर्लावारी। राष्ट्रिय सहकारी बैंक उर्लावारी शाखाले संचालन गरेको ३ दिने कर्जा व्यवस्थापन तालिम आइतबार सकिएको छ ।

अभिलेख

लोकप्रिय