१७ भदौ २०८३, बुधबार

सहकारी सचिवमा गणेशप्रसाद पाण्डे

२०७८ साउन २६, मङ्गलबार
सहकारी सचिवमा गणेशप्रसाद पाण्डे

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव टेकनारायण पाण्डेको सरुवा भएको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई गृह सचिवमा सरुवा गरेको हो ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा गणेशप्रसाद पाण्डेलाई ल्याइएको छ । उहाँ कर्णाली प्रदेशका प्रमुख सचिव हुनुहुन्थ्यो ।

अभिलेख

लोकप्रिय