सहकारीमा आवद्ध किसानलाई मेगा बैंकको सहुलियत कर्जा
काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ ।
मेगा बैंक नेपाल लिमिटेड, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछाकृषकहरूलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।
यससम्बन्धी सम्झौतापत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरी आचार्यले सम्झौता गरेका छन् ।
यो सम्झौताबाट बारा जिल्लाको कोल्हवी नगरपालिकामा रहेका माछापालक कृषकहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडले माछापालक कृषकहरूलाई प्राविधिक सहयोग र अन्य सामग्रीहरू आपूर्ति गर्ने छ भने मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जाहरू सहज रूपमा उपलब्ध गराउने छ ।
‘हलोदेखि हाइड्रोसम्म’ नारा बोकेको मेगा बैंकले माछापालक कृषकहरूलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए । मेगा बैंकले आगामी ५ वर्षका लागि तयार गरेको रणनीतिमा आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ।
मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बैंकिङ पहुँचमा नरहेका मध्यमवर्गीय र न्यून आय भएका नेपालीहरू सदैव मेगा बैंकको प्राथमिकतामा रहेको बताउनुभयो । बैंकले आम नागरिकहरूलाई स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको बताउँदै सीईओ खुञ्जेलीले माछापालक किसानहरूलाई वित्तीय सहायता गर्न पाउँदा अत्यन्तै खुशी लागेको धारणा व्यक्त गर्नुभयो ।
यसैगरी, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरि आचार्यले मेगा बैंकसँग सहकार्य गर्न पाउँदा आफूहरू हर्षित भएको बताउनुभयो । यसै गरी आज मात्रै बैंकले बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुरमा नयाँ शाखा विस्तार गरी सो शाखाबाट बैंकिङ कारोबारको शुभारम्भ समेत गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार