बडाललाई सहकारी अभियन्ता सम्मान, सहकारी बैंकका शाखा मध्ये बागलुङ उत्कृष्ट
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी अभियन्ता सम्मानबाट नेपालको सहकारी अभियानका अगुवा केशव प्रसाद बडाललाई सम्मान गरेको छ ।
बैंकको १९ औं वार्षिकोत्सवका अवसरमा मंगलवार आयोजित सहकारीमा लघुवित्त सम्मेलन उद्घाटन कार्यक्रममा बैकको १७ वार्षिक साधारणसभामा घोषणा गरिएका विभिन्न पुरस्कारहरु समेत वितरण गरिएको थियो ।
बैंकले प्रदान गर्दै आएको सहकारी अभियन्ता सम्मान पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडाल, सहकारी बैंक पूर्व सञ्चालक सम्मान डिल्लीराम तिवारी, सहकारी बैंक विद्वता पुरस्कार डा.नवराज सिंखडा, सहकारी बैंक. पत्रकारिता पुरस्कार शर्मिला ठकुरीलाई प्रदान गरिएको थियो ।
यस्तै सहकारी बैंकका ६८ शाखा मध्ये आर्थिक वर्ष २०७६/०७७ मा बागलुङ शाखा उत्कृष्ट शाखा भई सम्मानित भएको छ । शाखा प्रमुख युवराज त्रिपाठीलाई उत्कृष्ट शाखा पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट कर्मचारी (प्रवन्धक/अधिकृत स्तर) गोंगवु शाखाका प्रमुख बिनोद भट्टराई, सहायक स्तरमा सुन्दरहरैचा शाखाका प्रमुख अर्जुन कार्की र सहयोगी स्तरतर्फ नयाँ बानेश्वर शाखामा कार्यरत सोम बहादुर कार्कीलाई पुरस्कृत गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार