नेफ्स्कूनले सुरु गर्यो सन्दर्भ व्याजदर निर्धारण सम्बन्धि सर्वेक्षण
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सन्दर्भ व्याजदर निर्धारणको लागि सर्वेक्षण सुरु गरेको छ । सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समिति’को बैठक बसेर कार्यदल बनाएको भोलीपल्टै नेफ्स्कूनले सदस्य सहकारीको सर्वेक्षण सुरु गरेको हो ।
सहकारी नियमावली–२०७५ को नियम २३ बमोजिम सन्दर्भ व्याजदर निर्धारण गर्न सुझाव पेश गर्ने प्रयोजनको लागि सर्वेक्षण सुरु गरेको नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले जानकारी दिनुभयो । सर्वेक्षणबाट प्राप्त डाटा र सुझावलाई अध्ययन गरी समितिलाई सुझाव पेश गर्ने उहाँले बताउनुभयो ।
सर्वेक्षणमा दिइएका सुचनाहरु गोप्य राखिने समेत उहाँले बताउनुभयो ।
सर्वेक्षणमा २०७७ आषाढ मसान्तसम्मको बचतको अधिकतम व्याजदर, बचतको न्युनतम व्याजदर, ऋणको अधिकतम व्याजदर र ऋणको न्युनतम व्याजदर पत्ता लगाईने छ । त्यस्तै २०७८ आषाढ मसान्तसम्मको बचतको अधिकतम व्याजदर, बचतको न्युनतम व्याजदर, ऋणको अधिकतम व्याजदर र ऋणको न्युनतम व्याजदर पत्ता लगाईने छ ।
त्यसैगरी सर्वेक्षण फर्ममा नयाँ व्याजदर निर्धारणको लागि सुझाव, अधिकतम व्याजदर कतिसम्म हुनुपर्छ भन्ने कुरा समावेश गरिएको छ । सहकारी संस्थाबाट आएको उक्त सर्वेक्षणबाट नेफ्स्कूनले आधारिकारीक धारणा बनाउने बुझिएको छ ।
यो सर्वेक्षण फर्म साउन २० गतेसम्म भरिसक्नुपर्ने नेफ्स्कूनले जनाएको छ ।
सहभागी हुन तलको लिंकमा क्लिक गर्नुहोला
(Click here) नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. सन्दर्भ व्याजदर निर्धारण सम्बन्धि सर्वेक्षण २०७८
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार