सिन्धुलीमा सहकारी म्यानेजर्स क्लब गठन, अध्यक्षमा बस्नेत र सचिवमा श्रेष्ठ चयन
२०७८ साउन १७, आईतवार
सिन्धुली : सिन्धुलीमा सहकारी म्यानेजर्स क्लब गठन गरिएको छ । सहकरीमा आवद्ध म्यानेजरहरुको आज (आइतबार) को भेलाले क्लब गठन गरेको हो ।
सिन्धुली एकता साकोसका म्यानेजर दिपेन्द्र ध्वज बस्नेतको अध्यक्षतामा क्लब गठन गरिएको हो । क्लबको उपाध्यषमा नेत्रज्योती साकोसका अनु क्षेत्री, सचिवमा सहकार्य साकोसका जि.वि. श्रेष्ठ रहनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा नविी कार्की, सदस्यहरुमा सन्जु थापा, श्याम बुढाथोकी, रोशनी वाईबा, अमिर बस्नेत र रोशन सुनुवार रहनुभएको सचिव जि.वि. श्रेष्ठले जानकारी दिनुभयो ।
क्लब गठन भएको जानकारी जिल्ला सहकारी संघलाई गराउने तयारी भएको श्रेष्ठले बताउनुभयो । क्लबमा जिल्लाका सहकारीमा कार्यरत ब्यवस्थापकहरुलाई क्लवमा आवद्ध गराई विभिन्न सहकारीका समस्या समाधानमा पहल, तालिम, बहस पैरवी काम गर्ने उहाँले जानकारी दिनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार