२४ कात्तिक २०८३, मङ्गलबार

११ अर्ब ५५ लाखको संस्था बनाउने विकू बचतको लक्ष्य

२०७८ साउन १७, आईतवार
११ अर्ब ५५ लाखको संस्था बनाउने विकू बचतको लक्ष्य

बार्षिक समिक्षा बैठक एंवम वित्तिय लक्ष्य तथा कार्यविवरण हस्तान्तरण कार्यक्रम सम्पन्न

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०७७/७८ को बार्षिक समिक्षा बैठक शनिवार सम्पन्न भएको छ।

चालु आर्थिक वर्ष २०७८/७९ को लागि ११ अर्ब ५५ लाख बराबरको वित्तिय लक्ष्य तथा कार्य विवरण संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले प्रमुख अधिकृत माधव प्रसाद पौडेललाई हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रममा संचालक समितिका तर्फबाट अध्यक्ष सापकोटा, उपाध्यक्ष यमुनाथ आचार्य र सचिव प्रेम प्रसाद सापकोटाको उपस्थिति र मन्तव्य राख्नु भएको थियो।

बैठकमा प्रमुख अधिकृत पौडेल सहित विभागिय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु तथा सेवा केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो। आर्थिक वर्ष २०७७/७८ को बार्षिक समिक्षामा अमरापुरी सेवा केन्द्र, नव लुम्बिनी सेवा केन्द्र, चोरमारा सेवा केन्द्र उत्कृष्ठ लक्ष्य हाँसिल गर्दै प्रथम हुन् सफल भएका छन्।

कोरोना माहामारी बीच पनि गत बर्ष संस्थाले ४० प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सफल भएको छ।

अभिलेख

लोकप्रिय