झापाका अधिकांश सहकारी बन्द
२०७८ साउन १४, बिहिबार
झापा : झापा जिल्लामा सञ्चालित अधिकांश सहकारी बन्द गरेका छन् । कोरोना भाइरसका कारण जोखिम बढेको कारण सहकारी संस्था बन्द गर्न जिल्ला सहकारी संघले सबै सहकारीलाई भनेको छ ।
स्थानीय तहको पत्राचार अनुसार कार्यालय सञ्चालन गर्न संघले बनेको छ । जिल्लाका आ–आ–आफ्नो पालिकामा सम्पूर्ण गतिविधि बन्द गर्नेगरी लकडाउन कार्यान्वयन गरे अनुसार सम्बन्धीत पालिकाको समन्वयमा मात्रै कार्यालय सञ्चालन गर्न संघले भनेको छ ।
संस्थाका कर्मचारी, सञ्चालक तथा सदस्यहरुको मनोबल उच्च राख्न सरसल्लाह तथा सहयोग गर्न सहकारीलाई संघले सुझाएको छ । संघीय सरकार, स्थानीय सरकारबाट प्राप्त निर्देशनका साथै सहकारी अभियानबाट सूचना, सुझाव र निर्देशनहरु पालना गर्न गराउन संघले निर्देशन दिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार