बागमती प्रदेश बचत संघ दाेस्राे वर्षमा, पहिलाे वर्षमै ३२ लाख मुनाफा कमाउन सफल
काभ्रे : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्राेस्कुन) स्थापनाकाे दाेस्राे वर्षमा प्रवेश गरेकाे छ । संघले स्थापना दिवस अवसर एक कार्यक्रम बीच काभ्रेमा मनाएकाे छ ।
२०७७ साउन १३ गते दर्ताभई १४ गते प्रमाणपत्र प्राप्त गरेकाे यस संघले पहिलाे वर्षमै ३२ लाख मुनाफा कमाउन सफल भएकाे छ । स्थापनामा १२ वटा जिल्ला संघ र ७० वटा प्रारम्भिक सहकारी सदस्य रहेकाे संघमा हाल १ सय ५२ सदस्य पुगेकाे छ । स्थापनामा ४ लाख सेयर पुँजी रहेकाेमा असार मसान्तसम्म आईपुग्दा २ कराेड ७० लाख पुगेकाे छ । संघले माघ महिनामा काभ्रेमा कार्यालय स्थापना गरेकाे थियाे ।
संघले यस अवधिमा १ अर्ब १८ कराेड बचत संकलन गरी ३४ कराेड ८७ लाख कर्जा लगानी गर्न सफल भएकाे थियाे । संघले गत आर्थिक वर्षमा ३२ लाख ८१ हजार मुनाफा गर्न सफल भएकाे संघले जनाएकाे छ ।
संघका अध्यक्ष उद्धव सापकाेटाकाे अध्यक्षतामा प्रथम स्थापना दिवस मनाईएकाे छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, नेफ्स्कूनका अध्यक्ष परिताेष पाैड्याल, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, काेषाध्य दीपक पनेरू, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईं, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायत सहकारीकर्मीहरुकाे उपस्थिति रहेकाे छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार