कर्मठ सामुदायिक सहकारीका सदस्यले संस्थाबाटै सवारी ब्लुबुक नविकरण र कर भुक्तानी गर्न सक्ने
ललितपुर : गोदावरी नगरपालिका–१०, चापागाउँ स्थित कर्मठ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ब्लूबुक नविकरण तथा कर भुक्तानी सेवा सुरु गरेको छ ।
अब संस्थामा आवद्ध सदस्यहरुले आफ्नो मोटरसाईकल तथा गाडीको ब्लूबुक नविकरण तथा कर भुक्तानी संस्थाबाट नै भुक्तानी गर्न सकिने भएको हो ।
स्मार्ट सर्भिस इन प्रा. लि. सँगको सहकार्यमा संस्थाले यस सेवा सुरु गरेको संस्थाका व्यवस्थापक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । संस्थाले यो सेवा शुक्रबारबाट सुरु गरेको संस्थाले जनाएको छ ।
उक्त सम्झौता अनुसार ब्लूबुक नविकरण, ब्लूबुक प्रतिलिपि, सवारी कर भुक्तानी, विमालेख जारी गराउने कार्य अब सहकारीको कार्यालयबाटै हुने छ ।
२०७१ सालमा स्थापना भएको यस संस्थामा ९ सय सदस्य आवद्ध छन् । संस्थाको कुल सम्पत्ती १२ करोड ५० लाख पुगेको छ । गत वर्ष कल्पवृक्ष साकोस र कर्मठ सामुदायिक साकोसबीच एकीकरण भई कर्मठ सामुदायिकको नामबाट संस्थाले सेवा प्रवाह गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार