२४ कात्तिक २०८३, मङ्गलबार

अब चन्द्रागिरि साकोसबाटै सवारी ब्लुबुक नविकरण र कर भुक्तानी गर्न सकिने

२०७८ साउन १२, मङ्गलबार
अब चन्द्रागिरि साकोसबाटै सवारी ब्लुबुक नविकरण र कर भुक्तानी गर्न सकिने

काठमाडौं : थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको लागि नयाँ सेवा सुरु गरेको छ । अब संस्थाका सदस्यहरुले आफ्नो मोटरसाईकल तथा गाडिहरुको ब्लूबुक नविकरण तथा कर भुक्तानी संस्थाबाट नै भुक्तानी गर्न सकिने भएको छ ।

संस्थाको कार्यालयमा सो सम्बन्धी कार्यको लागि एउटा छु्ट्टै स्मार्ट काउन्टरको स्थापना हुनेछ । उक्त सेवा सञ्चालनको लागि स्मार्ट सर्भिस इन प्रा. लि. र चन्द्रागिरि साकोस बीच आज आज एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार ब्लूबुक नविकरण, ब्लूबुक प्रतिलिपि, सवारी कर भुक्तानी, विमालेख जारी गराउने कार्य अब चन्द्रागिरि साकोसकै कार्यालयबाट हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘व्यस्त दैनिकीका कारण कयौं व्यक्तिहरुले समयमै सवारी कर भुक्तानी तथा ब्लुबुक नविकरण नर्गदा जरिवानामा हुन्छन्’, उहाँले भन्नुभयो, ‘त्यस परिस्थितिमा सदस्यहरुको सहजताको लागि यो सेवाको विकास गरिएको हो ।’

सदस्यहरुको सेवामा चन्दागिरि सधैं सर्मपित रहेको र सोही अनुरुप सदस्यको सहजताको लागि नयाँ सेवा सुरु गरेको श्रेष्ठको भनाई छ ।

अभिलेख

लोकप्रिय