सहकारीलाई डिजिटलाइजेशनमा लैजाने अग्रणी कम्पनी ‘एम बैंक’ ६ वर्ष प्रवेश
काठमाडौं : सहकारीको कारोबारलाई डिजिटलाइजेशन गराउन अग्रणी भूमिका खेल्दै आएको मोबाइल बैंकिंग तथा भुक्तानी प्लेटर्फम ‘एम बैंक’ ६ वर्षमा प्रवेश गरेको छ ।
‘एम बैंक’ नेपालमा सबैभन्दा धेरै सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने कम्पनी हो । कम्पनीले हालसम्म करिब ४ सय ५० सहकारी संस्थालाई डिजिटलाइजेशनमा जोडेको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले जानकारी दिनुभयो । सहकारी मात्र नभई कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।
सहकारी क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राउने र सर्भिस दिनेमा ‘एम बैंक’ सबैभन्दा अगाडी छ । जुनसुकै सफ्टवयर चलाउने सहकारीले पनि ‘एम बैंक’ को सेवा लिन सक्ने कम्पनीका सञ्चालक तथा मुख्य व्यवसाय प्रमुख संजय महासेठले जानकारी दिनुभयो । मोबाईल बैंकिङ सेवा सुरु गर्न चाहने सहकारीले सहजै सेवा लिन सक्ने उहाँको भनाई छ ।
‘एम बैंक’ले सहकारीबाट बैंकमा रकम ट्रान्सफर सेवा, विभिन्न वालेटमा लोड, क्यू आर भुक्तानी, सम्पूर्ण युटिलिटी पेमेन्ट, शेयर खरिदको भुक्तानी, मेरो शेयर र डिम्याट नबिकरण, एटिएम (कार्ड बिना) रकम भुक्तानी सेवा, राजश्व भुक्तानी, ट्राफिक जरिवाना, एस सी टि ATM सेवा, पाठावो टुटल भुक्तानी र अन्य विभिन्न सेवा सेवा संस्थाले प्रदान गर्दै आएको छ ।
कम्पनीले केही समय अघि मात्रै सहकारी क्षेत्रमा नै पहिलो पटक स्वदेश तथा विदेशबाट पठाएको रेमिटेन्स सहकारीको खातामा जम्मा गर्न मिल्ने सिस्टम पनि सुरुवात गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार