१८ भदौ २०८३, बिहिबार

मेगा ड्रिम सहकारीको ४ वर्षे रणनीतिक योजना तयार

२०७८ साउन ११, सोमबार
मेगा ड्रिम सहकारीको ४ वर्षे रणनीतिक योजना तयार

काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले ४ वर्षे रणनीतिक योजना तयार गरेको छ । संस्थाले ३ दिन संचालन गरेको रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठीले आगामी ४ वर्षको लागि लक्ष्य, रणनीति, बजेट र योजना निर्माण कार्य सम्पन्न गरेको हो ।

गोष्ठीमा संस्थाका संचालक समिति, लेखा समिति, प्रमुख कार्यकारी अधिकृतसहित व्यवस्थापनका प्रमुख पदाधिकारीहरु सहभागिता रहेको थियो । गोष्ठीको सहजिकरण प्रशिक्षक कृष्ण प्रसाद आचार्यले गर्नुभएको थियो ।

संस्थाले ‘स्वस्थ, व्यावसायिक र उत्कृष्ट मेगा ड्रिम’ भन्ने भिजन पारित गरेको संस्थाका सचिव महाशंकर रेग्मीले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय