२४ कात्तिक २०८३, मङ्गलबार

सरकारले अनुमती दिए सहारा नेपाल साकोसले खोप खरिद गर्ने

२०७८ साउन १०, आईतवार
सरकारले अनुमती दिए सहारा नेपाल साकोसले खोप खरिद गर्ने

झापा : बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सरकारले अनुमती दिए कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने घोषणा गरेको छ । संस्थामा आवद्ध सदस्य र समुदायमा रहेका मानिसको लागि खोप गरिद गरी लगाउन संस्था तयार रहेको घोषणा गरेको हो ।

खोपका लागि संस्थाले ८÷१० करोड रुपैयाँसम्म खर्च गर्न सक्ने संस्थाका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । ‘सरकारले अनुमती दिन्छ भने विभिन्न निकायको सहकार्यमा १० लाख डोज खोप खरिद गर्न सक्छौं’, उहाँले भन्नुभयो ।

संस्थाले आवश्यक पहल गरिदिन स्थानीय सरकार र प्रदेश सरकारलाई आग्रह समेत गरेको छ । यसका लागि जनस्तरबाट खबरदारी र राजनीतिक तहबाट सरकार समक्ष पहल कदमी आवश्यक रहेको गिरीले बताउनुभयो । यदी सरकारले निर्णय गरेर जिम्मेवारी दिने हो भने झापाबासीको लागि भारत, चीन तथा तेस्रो मुलुकबाट तत्काल खोप ल्याउन सकिने गिरीको भनाई छ ।

संस्थामा एक लाख ५० हजार सदस्य आवद्ध छन् ।

विभिन्न मुलुकले अनुदानमा दिएको तथा सरकारले चिनबाट खरिद गरेको खोप नेपालका थोरै मात्र नागरिकले लगाएका छन् । अधिकांश नागरिकहरु खोपबाट बञ्चित छन् ।

अभिलेख

लोकप्रिय