सहकारीसँग सहकार्य गरेर गाउँपालिकाले दियो किसानलाई क्रेडिट कार्ड
हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिटकार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले महिलालाई ३.५६ प्रतिशत र पुरुषलाई ४.५६ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिनुभयो। हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड पालिकाका विपन्न वर्गको पहुँचमा स्वरोजगार निर्माण गर्न उक्त कार्यक्रम प्रभावकारी हुने अध्यक्ष हुमागाईंको भनाइ छ ।
ती कृषक जसले धितो दिन सक्दैनन् र सहज हिसाबले ऋण लिएर व्यवसाय गर्न सक्दैनन् त्यस्ता कृषकका लागि यो कार्यक्रमले सहयोग गर्ने उहाँले बताउनुभयो । अध्यक्ष हुमागाईंले मनकामना दुग्ध सहकारीसँगको सहकार्यमा नेपाल बङ्गलादेश बैंक मकवानपुरगढी शाखाबाट उनिहरुले ऋण प्राप्त गर्ने गर्ने छन् ।
नेपाल बङ्गलादेश बैंकका प्रमुख बद्रीविक्रम थापाले बैंकले किसान क्रेडिटकार्डमार्फत पहिलोपटक नौलो कार्यक्रमअन्तर्गत ऋण लगानी गरेको जानकारी दिनुभयो । यस कार्यक्रमले बैंक र किसान दुवैले लाभ गर्ने लक्ष्य राखेको शाखा प्रमुख थापाले बताउनुभयो । यस पालिकामा कृषिमा गरिने लगानी लाभदायी हुने उहाँले जनाउनुभयो ।
मनकामना दुग्ध सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहालले दूध उत्पादन गरेर आम्दानी गर्न चाहने कृषकको लागि किसान क्रेडिट कार्यक्रमले जीवनस्तर उकास्न सहयोग पुग्ने बताउनुभयो। गाईबस्तु पालेर आम्दानी गर्न चाहने तर लगानी नभएका कृषकलाई उक्त कार्ड उपलब्ध गराउन सहकारीले भूमिका खेल्ने उनले जानकारी दिनुभयो ।
क्रेडिटकार्ड प्राप्त गरेर खुशी भएका कृषक कृष्णप्रसाद तिमल्सिनाले यो ऋणले भैँसी किन्ने बताउनुभयो । दूधबाट मनग्य आम्दानी हुने भएका कारण आफूलाई भैँसी किनेर दुग्ध व्यवसाय गर्न मन लागेको उहाँको भनाइ छ । यसैगरी अर्का कृषक राजु ढकालले पनि उन्नत जातका गाई किन्नमा उक्त ऋण लगाउने बताउनुभयो । सहुलियत ब्याजदरमा ऋण प्राप्त गरेकाले पनि ऋण चुक्ता गर्न सजिलो हुने उहाँको विश्वास छ ।
यसैगरी कृषक सूर्यमाया रुम्बा पनि किसान क्रेडिटकार्ड पाएर खुशी भएका छन् । पशुपालनलाई मुख्य पेशा बनाउँदै आएका उनले महिला भएकै कारण ३.५६ प्रतिशत ब्याजदरमा ऋण प्राप्त गरेका हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार