२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी र कृषि तालिम केन्द्र स्थापना, सिकाई केन्द्रको रुपमा विकास गरिने

२०७८ साउन ८, शुक्रबार
सहकारी र कृषि तालिम केन्द्र स्थापना, सिकाई केन्द्रको रुपमा विकास गरिने

चितवन : नेपाल कृषि सहकारी केन्द्रीय संघले रत्ननगर नगरपालिका– ५, टरौलीमा तालिम केन्द्र सञ्चालनमा ल्याएको छ । संघले देशभर रहेका कृषि सहकारी संघ संस्थाका सदस्य किसानहरुका लागि सिकाई केन्द्रका रुपमा तालिम केन्द्र स्थापना गरेको हो ।

तालिम केन्द्रमा २ वटा तालिम हल रहेका छन् । आवासका लागि १६ वटा आवासिय कोठा रहेका छन् । एकै पटकमा ६० जनालाई तालिम दिन सक्ने क्षमता रहेको तलिम केन्द्रमा ६२ जनाको आवस क्षमता छ ।

४ विगाह क्षेत्रफल रहेको यस तालिम केन्द्रमा सुरक्षा गार्ड हाउस, प्रशासनिक भवन, तलिम भवन र पार्किङ स्थल निर्माणक भई सञ्चालनमा ल्याइएको छ ।

तालिम केन्द्रमा कृषि, भेटेनरी र सहकारी पढाई हुने संघका अध्यक्ष खेमबहादुर पाठकले जानकारी दिनुभयो । केही समयपछि सिटिइभिटीका कृषि, भेटेनरी कोर्ष पनि सञ्चालन गरिने पाठकले बताउनुभयो । सहकारीका लागि आवश्यक पर्ने सम्पूर्ण तालिमहरु समेत हुने उहाँको भनाई छ ।

तालिम केन्द्रमा सुविधा सम्पन्न प्रयोगशाला सहितको सिकाई व्यवस्था मिलाईने गरी योजना अगाडी सारिएको पाठकले बताउनु भयो । हाल कृषि सम्वन्धि तालिममा प्रयोगात्मक कक्षाहरु सञ्चालन गरिएको छ ।

 

देशभरका साना किसान र कृषि सहकारी संस्थाहरुको कृषि क्षेत्रको अनुसन्धान केन्द्रका रुपमा यस तालिम भवनलाई स्थापित गर्दै अगाडी बढ्ने संघले योजना निर्माण गरेको छ ।

सरकारले अगाडि सारेको कृषि उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम र कृषि तालिम तथा प्रविधिको क्षेत्रमा अनुसन्धान केन्द्र अहिलेसम्म निर्माण हुन सकेको थिएन ।

अभिलेख

लोकप्रिय