सहकारी बैंक सेवामा अब्बल र नाफामा आक्रामक, नाफा अर्ब क्लबमा
काठमाडौं : सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमासमा १ अर्ब ६६ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । बैंकले प्रकाशित गरेको चौंथो त्रैमासको अपरिश्कृत विवरण अनुसार गत त्रैमासमा बैंकले ६२ करोड २२ लाख नाफा कमाएको थियो । त्यस्तै बैंक गत वर्षको यसै त्रैमासमा ६८ करोड २८ लाखनाफा कमाएको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ४७.४१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तलनामा यस वर्ष निस्कृय कर्जा भने बढेको छ । गत आर्थिक वर्षमा ०.७० रहेको बैंकको निष्कृय कर्जा १.३९ प्रतिशत पुगेको छ । २ अर्ब ८७ करोड रुपैयाँ सेयर पुँजी रहेको बैंकको १ अर्ब ५२ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ ।
पछिल्लो ३ वर्षमा बैंकको वासलात २२७ प्रतिशतले वृद्धि भएको छ । सेयर रकम १७६ प्रतिशत, कर्जा लगानी १९० प्रतिशत, बचत २३२ प्रतिशत र नाफा २१० प्रतिशतले बृद्धि भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिनुभयो ।
बैंकको कुल सम्पत्ती ७१ अर्ब ६८ करोड पुगेको छ । गत वर्ष बैंकको कुल सम्पत्ती ५० अर्ब ८९ करोड थियो ।
आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म १४ हजार ५ सेयर सदस्य, २ अर्ब ५० करोड सेयर पुँजी, ६० अर्ब निक्षेप ४२ अर्ब कर्जा लगानी गरी १ अर्ब ७ करोड मुनाफा आर्जन गर्न लक्ष्य लिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
