उपासना महिला साकोस १३ वर्षमा, सामाजिक क्षेत्रमा उल्लेख्य काम
काठमाडौं : नागार्जुन नगरपालिका–४ मा मुख्य कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था १३ वर्षमा प्रवेश गरेको छ । संस्थाले १३ औं स्थापना दिवस बुधबार विविध कार्यक्रम गरी मनाएको छ ।
संस्थाले स्थापना दिवसको अवसरमा अपाङ्ग सेवा केन्द्र, नेपालटारलाई खाद्यान्न सहयोग, स्वस्थ्य शिविर, कर्मचारीलाई लेखा तालिम र चियापना कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । संस्थाले अपाङ्ग सेवा केन्द्रलाई चामल, दाल, नुन, तेल, चिनी, अण्डा लगाय विभिन्न खाद्यान्न सामग्री प्रदान गरेको थियो ।


कार्यक्षेत्र भित्रका महिलालाई सहकारीमा आवद्ध गराई वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक कार्य संस्था स्थापना कालदेखिनै क्रियाशिल छ । संस्थाले चार हजार १ सय महिलालाई सहकारीमा आवद्ध गराउन सफल भएको छ । संस्थाको कुल दायित्व करिब १३ करोड रहेको छ ।

वित्तीय कारोबारसँगै सामाजिक कार्यमा संस्थाको क्रियाशिलता निरन्तर रहने संस्थाका अध्यक्ष अमरावती बलामी महर्जनले बताउनुभयो । ‘२९ जनाबाट सुरु भएको संस्थामा आज चार हजार १ सय जना पुगेका छौं’, उहाँले भन्नुभयो, ‘सदस्यहरुको निरन्तर साथ र सहकार्यले नै हामी आज यो अवस्थामा छौं ।’

संस्थाले आयोजना गरेको चियानपान कार्यक्रमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाली कांग्रेसका नेतृ तथा पूर्व सांसल राज्यलक्ष्मी श्रेष्ठ, संस्थाका सल्लाहकार, सञ्चालक समिति, विभिन्न उप-समिति, कर्मचारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।





अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
