सिवाईसी साकोसले ८% मै कर्जा लगानी गर्ने, १ वर्षसम्म ब्याजदर परिवर्तन नहुने
बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले अब ८ प्रतिशत ब्याजदर मै कर्जा लगानी गर्ने भएको छ ।
संस्थाले बुधबार एक सूचना जारी गर्दै कोभिडका कारण सृजित बन्दाबन्दीले सदस्यहरुलाई ब्यापार व्यवसायमा परेको असरलाई न्युनिकरण गर्न ८ प्रतिशत ब्याजदर मै कर्जा लगानी गर्ने भएको हो । संस्थाले कृषि, उद्योग, व्यापार गर्ने सदस्यहरुलाई ‘व्यवसाय निरन्तरता ऋण’ योजना ल्याएको हो ।
यो ब्याजदर एक वर्षसम्म फेरबदल समेत नहुने संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपाने जानकारी दिनुुभयो ।
संस्थाको असार २५ गतेसम्म कुल सम्पत्ति २ अर्ब नाघेको छ । संस्थामा १८ हजार ३ सय ८३ सदस्य र २ हजार ३ सय ९६जना बाल बचत कर्ता रहेका छन् ।
संस्थाको शेयर पुँजी ३२ करोड ४३ लाख, बचत १ अर्ब ४१ करोड ३१ लाख र कोषमा १० करोड ४८ लाख रहेको छ । संस्थाले २३ वटा कार्यालयबाट १ सय १५ जना कर्मचारीले सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ ।
संस्थाले चालु आव २०७८/०७९ मा कूल सम्पत्ति ३ अर्ब ५ करोड र सदस्य संस्ख्या २८ हजार ५ सय पुर्याउने लक्ष्य राखेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार