सिवाईसी साकोसद्वारा नीति तथा कार्यक्रम सार्वजनिक, तीन अर्ब सम्पत्ति पुर्याउने लक्ष्य
बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्था ले आर्थिक वर्ष २०७८/०७९ को प्रस्तावित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्षको पहिलो दिन नै संस्थाले नीति कार्यक्रम सार्वजनिक गरेको हो ।
सहकारीको आर्थिक बर्ष २०७८/०७९ को प्रस्तावित नीति तथा कार्यक्रम संस्थाका कोषाध्यक्ष सितादेवी सापकोटा कडेलले प्रस्तुत गर्नुभएको थियो । सहकारीले वित्तीय व्यवस्थापन, सदस्य सेवा, संस्थाको आन्तरिक व्यवसायिकीकरण, सिकाई एवं वृद्धि व्यवस्थापन र महामारी, संक्रमण तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरुलाई नीति तथा कार्यक्रममा समावेश गरेको बताउनुभयो ।
सहकारीले गत आव २०७७/०७८ मा १८ हजार ४ सय ३० शेयर सदस्यहरुमार्फत २ अर्व ४ करोड कूल सम्पत्ति परिचालन गरेको सहकारीले चालु आव २०७८/०७९ मा कूल सम्पत्ति ३ अर्ब ५ करोड र सदस्य संस्ख्या २८ हजार ५ सय पुर्याउने लक्ष्य राखेको छ ।
चालु वर्षसम्ममा ३० वटा विभिन्न प्रकृतिका सहकारीहरु एकीकरण गरिसकेको सहकारीले बागलुङ, पर्वत र म्याग्दीबाट २३ वटा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएकोमा थप १३ वटा सेवा केन्द्र तथा स्याटेलाइट कार्यालय वृद्धि गरी विकेन्द्रित सेवा प्रवाह गर्ने र कास्की जिल्लामा समेत कार्यक्षेत्र विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सहकारीले कृषक, न्यून आय भएका, रोजगारी गुमाएका सदस्य तथा बागलुङमा सक्रिय सञ्चारकर्मीहरुलाई लक्षित गरी नीति तथा कार्यक्रममा समेटेको छ ।
विदेशवाट फर्केका, कोभिडका कारण रोजगार गुमाएका उत्साहित युवाका लागि व्यवसाय प्रवद्र्धन, कृषि उद्यम संचालन गर्नको लागि ५० जनालाई सहुलियत दरमा ऋण प्रवाहको लागि १ करोड ५० लाख विनियोजन गरेको छ ।
सहकारीका शेयर सदस्य भएका पत्रकारलाई संचार साधन खरिद गर्न ५० हजार ऋण सहुलियत ब्याजमा दिने कार्यक्रम सार्वजनिक गरेको छ । त्यस्तै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले संचालन गरेको एक पत्रकार एक ल्यापटप कार्यक्रम लाई ५० हजार सहयोग गर्ने कार्यक्रममा उल्लेख छ । त्यस्तै बागलुङको मानव सेवा आश्रमको भवन निर्माणको लागि ५१ हजार तथा समुदायमा सिवाईसी कार्यक्रम अन्तर्गत सेवा क्षेत्र भएका ठाउँमा सामाजिक उत्तरदायित्वका कामहरुलाई समेत समेटेर जाने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कार्यक्रमको अवसरमा संस्थाले प्रकाशनमा ल्याएको ‘सिवाईसी सन्देश’ नामक डिजिटल पत्रिकाको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले विमोचन गर्नुभएको थियो । सहकारी सम्बन्धी शिक्षा, सूचना तथा जानकारीका सामग्रीहरु समेटी तयार गरिएको पत्रिकालाई संस्थाको सामाजिक सञ्जाल तथा वेबसाइट मार्फत अध्ययन गर्न सकिने व्यवस्था मिलाएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
एटिएम, मोबाइल बैकिङ, क्युआर कोड लगायतका डिजिटल प्रविधिहरुमार्फत बैकिङ सेवा दिंदै आएको सहकारीले सूचना प्रवाह गर्ने उद्देश्यले डिजिटल पत्रिका प्रकाशनमा ल्याएको हो । संस्थाले चौमासिक डिजिटल पत्रिका प्रकाशन गर्दै जानेछ ।
संस्थाका सहसचिव सुवास आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले गर्नुभएको थियो ।
संस्थाले जेष्ठ नागरिक पेन्सन, जेष्ठ नागरिकलाई औषधि उपचारको लागि शुल्क, सुत्केरी पोषण सुविधा, आफन्त गुमाएका परिवारमा मृत्यु राहत, नव दुलही स्वागत लगायतका समुदायमा आधारित कार्यक्रमहरु गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार

