सहकारीको सहभागितामा कोभिड सचेतना सहायता कक्ष स्थापना
हेटौंडा : मकवानपुर जिल्लाका सहकारी संघ/संस्थाहरु मिलेर हेटौंडा उपमहानगरपालिका– १० स्थित सीमाचोकमा कोभिड सचेतना सहायता कक्ष स्थापना गरेको छ ।
जिल्ला बिपद् व्वस्थापन समितिको निर्णय बमोजिम मकवानपुर जिल्लाका सहकारी संस्थाहरूको तर्फबाट ७ दिनको लागि कोभिड सचेतना सहायता कक्ष राखेको हो। सहकारीहरुबाट पालैपालो स्वेच्छिक स्वंयमसेवक परिचालन हुने गरी दिनमा ४/४जनाको २ टोली (बिहान ७ देखि १२ र १२ देखि सांझ ७ बजे सम्म ) खटिएको मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबारबाट प्रारम्भ भएको यो कार्यक्रम साउन ४ गतेसम्म सञ्चालन हुनेछ । शुभारम्भ कार्यक्रममा बागमती प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष एवं जिल्ला सहकारी संघ मकवानपुरको अध्यक्ष नारायण प्रसाद देवकोटा, बागमती प्रदेश सहकारी रजिष्ट्रार बिक्रम पाण्डे, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, सचिव बिरेन्द्र प्रसाद ढुंगाना लगायतको उपस्थितिमा स्वयम सेवाहरूलाई स्वयम् सेवक लेखिएको टिसर्ट बितरण गरिएको थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार