भारतमा सहकारी मन्त्रालय शक्तीशाली, गृह मन्त्रीलाई सहकारीको जिम्मा
काठमाडौं : छिमेकी मुलक भारतको पहिलो सहकारी मन्त्रीमा अमित शाह नियुक्त भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ मन्त्रालय गठन गरी पहिलो सहकारी मन्त्रीमा अमित शाहलाई नियुक्त गर्नुभएको हो । उहाँ यसअघि गृहमन्त्री हुनुहुन्थ्यो ।
भारत सरकारले सहकारी मन्त्रालयको स्थापना गरी सहकारी आन्दोलनलाई बढी उचाई प्रदान गर्ने उद्देश्य लिएको छ । भारत सरकारले सहकारिताबाट समृद्धिको सपना देखेको छ । यसकारण पनि भारत सरकारले सहकारी मन्त्रालयलाई शक्तिशाली मन्त्रालय मानेको छ ।
शाह भारतीय राजनीतिमा शक्तीशाली व्यक्तिको रुपमा आफ्नो परिचय बनाउन सफल नेता हुन् । उहाँ सन् २०१४ देखि २०२० सम्म भारतीय जनता पार्टीको समेत अध्यक्ष रहेका थिए । मन्त्री शाहले आफ्नो करिअर सहकारी बैंकबाट बनाउनु भएको थियो ।
शाह सन् २००१ देखि २००३ सम्म अहमदाबाद जिल्ला सहकारी बैंकको अध्यक्ष बन्नुभएको थियो । अध्यक्ष बनेपछि उक्त सहकारी बैंकमा धेरै राम्रा काम गरेर सहकारी अभियानमा छाप छोड्न सफल हुनुभएको थियो ।
शाहलाई सहकारी मन्त्री पाउँदा भारतका सिंगो सहकारी अभियानले खुशी मनाएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार