१७ भदौ २०८३, बुधबार

नेचुरल स्मार्ट एपबाट रेमिट्यान्स सेवा शुभारम्भ, अब विदेशबाट पठाएको पैसा सिधै खातामा

२०७८ असार २०, आईतवार
नेचुरल स्मार्ट एपबाट रेमिट्यान्स सेवा शुभारम्भ, अब विदेशबाट पठाएको पैसा सिधै खातामा

काठमाडौं : जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले इन्फो डेभलर्पस र इसेवा मनी ट्रान्स्फरसँग सहकार्य गरी ‘नेचुरल स्मार्ट एप’बाट रेमिटान्स सेवा सुरु गरेको छ । अब नेचुरल सहकारीका सदस्यहरुले मोबाईल बैंकिङबाटै नेपाल भर पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा स्मार्ट एपको प्रयोग गरी सजिलै आफ्नै खातामा प्राप्त गर्न सक्ने भएका छन् ।

९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले सदस्य सहजताका लागि यस्तो सेवा ल्याएको हो । सदस्यहरुले आफ्नो खातामा भएको रकम सोही एपको प्रयोगद्वारा देशभरी रहेका इसेवाको काउन्टरहरुमा समेत प्राप्त गर्न सक्ने गरी पठाउन सक्ने संस्थाका प्रमुख विकल्प पाठकले जानकारी दिनुभयो । यो सेवाले समयको बचत, सहज, सुरक्षित र कोरोना भाईरस जस्तो महामारीको समयमा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्ने पाठकको भनाई छ ।

नगद रहित डिजिटल कारोबारलाई विशेष जोड दिएको संस्थाले अन्य रेमिटान्स कम्पनीहरुसँग सहकार्य गरी अघि बढ्ने नीति लिएको छ ।

सम्बन्धित समाचार

क्यासलेस कारोबारमा नेचुरल सहकारीका सदस्य

प्रविधिमा नेचुरल साकाेस एक कदम अगाडि, थप तीन सेवा शुभारम्भ

अभिलेख

लोकप्रिय