१६ भदौ २०८३, मङ्गलबार

नेजु गुरू साकोसमा अब घरमै बसेर सदस्य बन्न सकिने, मोबाईल बैंकिङ एपबाटै रेमिट्यान्स सेवा

२०७८ असार १७, बिहिबार
नेजु गुरू साकोसमा अब घरमै बसेर सदस्य बन्न सकिने, मोबाईल बैंकिङ एपबाटै रेमिट्यान्स सेवा

काठमाडौं : काठमाडौंको भोटाहिटी मुख्य कार्यालय रहेको नेजु गुरू बचत तथा ऋण सहकारी संस्था (नेजु गुरू साकोस)मा अब घरमै बसेर सदस्य बन्न सकिने भएको छ । लकडाउनमा सदस्यहरुले प्रविधिको प्रयोग बढाएसँगै नेजु गुरू साकोसले समय सापेक्ष संस्थालाई प्रविधिमैत्री बनाउँदै घरबाटै सदस्य बन्न सकिने जनाएको छ ।

देश तथा विदेशमा बसेर नै नेजु गुरू साकोसको सदस्य बन्न सकिने साथै विदेशमा नै बसेर आफ्नो खातामा रहेको पैसाको जानकारी आफूले लिन सकिने भएको हो । त्यस्तै, स्वदेशमा भुक्तानी समेत दिन सकिने संस्थाले जनाएको छ । संस्थाले खाता खोल्ने मात्र नभएर पुराना सदस्यहरुले घरमा नै बसेर आफ्नो सम्पूर्ण जानकारी सदस्य पहिचान फारम (KYM) अद्यावधिक गर्न सकिने जनाएको छ । राष्ट्र बैँकको मातहतमा कारोबार गर्ने बैँक तथा वित्तीय संस्थाहरूमा यो सुविधा प्रयोगमा आइसकेको भए पनि सहकारी क्षेत्रमा नयाँ रहेको यो प्रविधी नेजु गुरू साकोसले सुरु गरेको र संस्थाको वेवसाइट (www.nejugurucoop.com) र मोबाइल एप्स (nejuguru mBank)  प्रयोग गरेर संस्थामा रियल टाइममा खाता खोल्न र सदस्य पहिचान फारम अद्यावधिक गर्न सकिने संस्थाले जनाएको छ ।

विगत १ वर्षदेखि प्रिमियम टेक्नोलोजी कोर बैंकिङ सलुसन प्रयोग गरिरहेको नेजु गुरू साकोसले प्रविधिमा सधै उच्चतम प्रयोगका साथ नयाँ केहि गरौ भन्ने भावना र उत्साह भएको टिमबाट यो सेवा सुविधा थप गर्न सफल भएको कार्यकारी प्रमुख राम कृष्ण श्रेष्ठको भनाइ छ ।

हाम्रो टेक्नोलोजीको सहकार्यमा सञ्चालित नेजु गुरू एम बैंक मोबाइल बैकिङ धेरै अपडेट सुविधाजनक रहेको र हालसालै सहकारी क्षेत्रमा नै पहिलो पटक संस्था कै मोबाइल बैकिङ nejuguru mBank बाट City Express Money Transfer बाट देश तथा विदेशबाट पठाएको पैसा आफ्नै नेजु गुरू साकोसमा भएको खातामा पाउनुको साथै देश भर रहेको सिटी एक्स्प्रेसको ज्ञद्द,ण्ण्ण् एजेन्ट बाट भुक्तानी लिने गरी पैसा पठाउन सकिने प्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो ।

साथै बैंकबाट सहकारीमा, सहकारीबाट बैंकमा रियल टाइम बैंक ट्रान्सफर सेवा, वालेट लोड, स्मार्ट क्यू आर , सम्पूर्ण ग्तष्ष्तिथ उबथmभलत शेयर खरिदको भुक्तानी, मेरो शेयर र डिम्याट नबिकरण, ब्त्ः कार्ड बिनानै९ऋबचम भिकक० ब्त्ः बाट रकम भुक्तानी सेवा, राजश्व भुक्तानी, ट्राफिक जरिवाना जस्ता सेवा संस्थाले प्रदान गर्दै आएको छ, भने चाडै नै सहकारीबाट देश भर रहेका सहकारीहरूमा रकम ट्रान्सफर गर्न सकिने सुबिधा उपलब्ध गराउन लागेको जानकारी समेत गराउदै लकडाउनमा सदस्यहरुलाई घरमै सुरक्षित रहेर नेजु गुरू एम बैंक प्रयोग गर्न समेत अनुरोध गरेको छ।

अभिलेख

लोकप्रिय