२४ कात्तिक २०८३, मङ्गलबार

अन्तर्राष्ट्रिय सहकारी महासंघको निर्वाचित साधारण सभा स्पेनमा हुने

२०७८ असार १५, मङ्गलबार
अन्तर्राष्ट्रिय सहकारी महासंघको निर्वाचित साधारण सभा स्पेनमा हुने

काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए)को निर्वाचित साधारण सभा स्पेनमा हुने भएको छ । भर्चुअल माध्यमबाट आज भएको साधारणसभामा अध्यक्ष एरियल ग्वार्कोले २०२२ को निर्वाचित साधारण सभा स्पेनमा गर्ने जानकारी गराउनुभयो ।

साधारण सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा लगायतको सभागिता रहेको थियो ।

साधारण सभाले वित्तिय प्रतिवेदनलगायत विभिन्न एजेन्ड पास गरेको छ । साधारण सभामा मताधिकार भएका सदस्यहरुलाई विद्युतीय माध्यमबाट मतदान गर्ने ब्यबस्था गरिएको थियो ।

साधारण सभाले युवाको थिमिकल कमिटी बनाउने समेत निर्णय गरेको छ ।

अभिलेख

लोकप्रिय