सहकारी बैंकले संस्थापक अध्यक्ष जोशीको स्मृतिमा पुरस्कार स्थापना गर्ने
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले संस्थापक अध्यक्ष राजेशहरि जोशीको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
बैंक सञ्चालक समितिको बुधवार बसेको बसेको वैठकले स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको स्मृतिमा बैंकको तर्फबाट पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।
बैंकका तर्फबाट संस्थापक अध्यक्ष जोशीको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेका छौ अध्यक्ष उप्रेतीले भन्नुभयो–‘पुरस्कार सम्बन्धी आवश्यक कार्यविधि, नाम, राशी लगायत आवश्यक कार्य गर्नका लागि बैंकको शिक्षा, तालिम तथा सम्मान उपसमितिलाई जिम्मेवारी दिएका छौ ।’
पसमितिले ल्याएको प्रस्ताव अनुसार जोशीको १३ औं दिनको पूण्य तिथिमा श्रद्धाञ्जली सभा सहित पुरस्कारको घोषणा गरिने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । यस्तै संस्थापक अध्यक्ष जोशी प्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि बैंकको केन्द्रीय कार्यालय सहित ६८ वटै शाखामा १३ औं पूण्य तिथिसम्म शोक पुस्तिका राख्ने निर्णय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताउनुभयो ।
बैंकको तदर्थ समितिको अध्यक्ष रही २०६० असार २५ गते बैंक दर्ता गर्ने जिम्मेवारीमा रहनु भएका जोशी २०६० पुस देखि २०६५ पुससम्म बैंकको प्रथम कार्यकाल अध्यक्ष र २०६५ पुसदेखि २०७० मंसिरसम्म दोस्रो कार्यकाल सञ्चालकको जिम्मेवारीमा रहेर बैंकको प्रवद्र्धनमा योगदान गर्नु भएको थियो । जोशीले ललितपुरस्थित नेशनल डेभलपमेण्ट सहकारी संस्थाका तर्फबाट बैंकमा प्रतिनिधित्व गर्नु भएको थियो ।
हटौडामा जन्मिएर हाल ललितपुर निवासी ६६ वर्षीय जोशीको ह्दयघातका कारण जेठ ३० गते निधन भएको थियो । बैंक सञ्चालक समितिले बैंकका सल्लाहकार तथा बागमती प्रदेश सभाका सदस्य स्वर्गीय पशुपति चौलागाई, बैंकको पोखरा शाखामा कार्यरत कर्मचारी ङ प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईका पिता दल बहादुर गुरागाई, सूचना सञ्चार तथा प्रकाशन उपसमितिका सदस्य रामसुधन तिमिल्सिनाका पिता इच्छाप्रसाद तिमिल्सिनाको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
